PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदीप र जसिताको 'लभ स्टेसन' दार्जिलिङबाट शुरु हुँदै



प्रदीप र जसिताको 'लभ स्टेसन' दार्जिलिङबाट शुरु हुँदै

अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने सिनेमा ‘लभ स्टेसन’को शुभ मुहुर्त गरिएको छ।  सिनेमाको सोमवार विहान पशुपति मन्दिरमा सिनेमाको शुभ मुहुर्त गरिएको हो। सिनेमाको छायांकन भने शुक्रवारबाट भारतको दार्जिलिङबाट हुनेछ। यसको लागि सिनेमाको सुटिङ युनिट भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् भने नायकनायिका पर्सि मात्रै जाने भएको निर्माता गोविन्द शाहीले जनाएका छन्।

उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमा लभ स्टेसनको सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कलसम्म हुनेछ। ५० दिनको छायंकन तालिका रहेको सिनेमामा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ।

यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक लभ स्टेसन बन्ने पनि प्रदीपले बताए। लिलिविलीमा प्रदीप र जसिताको जोडीलाई अत्याधिक रुचाएका थिए। आफ्नो जोडी र सिनेमाको कथाले गर्दा आफू उत्साहित रहेको प्रदीपले बताए।

आलोक शुक्लाको छायाँकन रहने लभ स्टेसनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ। दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्। लभ स्टेसनलाई काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell