PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु, बुबा जादोलाल भन्छन्, 'सरकारले सहयोग गरेन'



सागर बुढाथोकी

एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु, बुबा जादोलाल भन्छन्, 'सरकारले सहयोग गरेन'
फाइल फोटो

काठमाडौँ: दुई साताअघि एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ। एसिड आक्रमणपछि कीर्तिपुर अस्पतालमा उपचाररत दासको गएराति ११ बजे मृत्यु भएको हो।

मध्यरातमा सुतिरहेको अवस्थामा दुई दिदी-बहिनी एसिड आक्रमणमा परेका थिए। बहिनी सुस्मिता दासको अवस्था सामान्य थियो भने सम्झनाको शरीरको ३५ प्रतिशत भन्दा बढी भाग एसिडले गहिरो चोट पुर्‍याएको थियो।

सुस्मिताको अहिले कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ। सम्झनाका बुबा जादोलाल दास एसिड आक्रमण गर्नेलाई फाँसीको सजाए हुनुपर्ने बताउँछन्।

उनले पहिलोपोष्टसँग भने, 'मेरो परिवार तहसनहस पारिदियो उसलाई फाँसीको सजाय हुनुपर्छ। नत्र अपराधीले कसरी थाहा पाउँछ चोट के हो भनेर।'

एसिड आक्रणमा पर्दा पनि सरकारले केही सहयोग नगरेको बुबा जादोलाल  बताउँछन्।  पहिला-पहिला यस्तो घटना घट्न नपाउँदै सरकारले सहयोग गर्ने घोषणा गरे पनि अहिलेको घटनामा वास्ता नगरेको उनको गुनासो छ। 

उनी भन्छन् 'उनीहरू काठमाडौँका थिए, हामी मधेसका। सरकारले हामीलाई नागरिक नै सम्झेन। पहिले घटना हुनासाथ सरकारले सहयोगको घोषणा गरेको थियो। यसपालि भएन। बिरामी लिएर अस्पताल बसेको मान्छे के प्रकिया गर्न सक्थेँ। त्यसमाथि पढाई लेखाई नभएको मान्छे।' 

चार वर्षअघि वसन्तपुरमा भएको चर्चित एसिड काण्डमा सीमा बस्नेत र संगीता मगरलाई सरकारले जीवनभर उपचार शिक्षा निःशुल्क गर्ने घोषणा गरेको थियो।

एसिड आक्रमण गर्ने रामबाबु पासवानलाई प्रहरीले प्रकाउ गरिसकेको छ। उनी जादोलालका छिमेकी थिए। यौन प्रस्ताव नमान्दा एसिड आक्रमण गरो सम्झनाले बयानमा भनेकी थिइन्।

पढ्नुस्ः 
निर्मलाका लागि देशले न्याय खोजिरहँदा यी दिदी बहिनी भने एसिड आक्रमणपछि मृत्युसँग संघर्ष गर्दै
जसका लागि कमाउन गएकी थिइन्, उसैमाथि एसिड आक्रमण : हान्निएर मलेसियाबाट फर्किन् धनमाया 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell