PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सामुद्रिक डाँकुद्वारा स्वीस जहाज अपहरण : विश्वमा आज



सामुद्रिक डाँकुद्वारा स्वीस जहाज अपहरण : विश्वमा आज

जहाज अपहरण

नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक डाँकुले अपहरण गरेका छन्। 

मासोल सिपिंग कम्पनीका अनुसार एमभि ग्लारूस नामक जहाजका १२ सदस्यलाई नाइजेरियाको व्यापारिक शहर लागोसबाट गहुँ लिएर दक्षिणी बन्दरगाह हाकोर्टतर्फ हिँडिरहेका समय अपहरणमा परेको हो। जहाजमा रहेका बाँकी छ जना भने सकुशल रहेका छन्। 

कम्पनीले सुरक्षाका लागि भन्दै अपहरणमा परेका कसैको नाम तथा उनीहरूको ठेगाना नखुलाएको जनाएको छ । 

उक्त क्षेत्रमा गतबर्ष पनि जहाज लुटिएको र करिब ६० जनालाई अपहरण गरिएको थियो । उक्त क्षेत्रमा हुने कबतिपय आक्रमणलाई व्यवसाय धारासायी हुने खतराका कारण कम्पनीहरूले सार्वजनिक नगर्ने गरेका छन्। अपहरणमा परेका सबैजनाको सकुशल उद्धारका लागि कम्पनीले सम्वन्धित अधिकारीसँग पहल शुरु गरेको जनाएको छ।

गुटेर्रेसको चिन्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसद्वारा लिबियाको राजधानी त्रिपोलीमा पटकपटक युद्धविराम भंग गरेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको पहलमा अगस्ट २६ मा युद्धविराम भएको थियो । त्रिपोलीमा विभिन्न सशस्त्र समूहलाई समेटेर युद्धविराम गरिएको तर पछिल्ला केही हप्ता यता युद्धविराम भंगका घटना बढेकोप्रति राष्ट्रसंघ प्रमुख गुटेर्रेस चिन्तित भएको बताइएको छ। राष्ट्रसंघले युद्धविराम भएको गत अगस्ट २६ पछि त्रिपोलीमा भएका युद्धविराम भङ्गका घटनामा कम्तीमा १०६ जनाको मृत्यु भएको जनाएको छ । 

कंगोमा आक्रमण

प्रजातान्त्रिक गणतन्त्र कंगोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले गरेको आक्रमणमा १६ जनाको भन्दा बढीको मृत्यु भएको छ । स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा विद्रोही सहित अरु सर्वसाधारणको मृत्यु भएको छ।

थिन्ह कार्यवाहक राष्ट्रपति

भियतनामका उपराष्ट्रपति डाङ थी नोक थिन्हलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको छ। दुई दिनअघि भियतनामका राष्ट्रपति ट्रान डाई क्वाङको ६१ वर्षका उमेरमा निधन भएकाले थिन्हलाई कार्यवाहक राष्ट्रपति बनाइएको हो।

तस्विर: AP/AFP/TINMOI/REUTERS/RSS
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell