PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चाडको बेला यात्रुलाई मार : तीन वर्षपछि बढ्यो सार्वजनिक सवारी साधनको भाडादर



पहिलोपोस्ट

चाडको बेला यात्रुलाई मार : तीन वर्षपछि बढ्यो सार्वजनिक सवारी साधनको भाडादर

काठमाडौँ : यातायात व्यवसायीहरुले दशैँको लागि अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार सार्वजनिक सवारी साधनको भाडा दर बढाउन राजी भएको छ। 

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा सरकारले यातायात व्यवसायीहरुलाई एकमुष्ट १० प्रतिशत भाडादर बढाउन सहमत भएको बताएको हो। 

इन्धनको भाउ लगातार बढिरहेको तर भाडा दर तीन वर्षदेखि एउटै रहेको भन्दै व्यवसायीहरुले कि इन्धनको भाउ घटाउनु पर्ने कि भाडा बढाउनु पर्ने अडान राख्दै अग्रिम बुकिङ सुरु गर्न मानिरहेका थिएनन्। 

पछिल्लो पटक सरकारले २०७२ माघ २४ गते भाडा दर परिवर्तन गरेको थियो। त्यतिबेला पेट्रोलको भाउ प्रति लिटर ९९ रुपैयाँ र डिजेलको ७५ रुपैयाँ थियो। 

मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा दर समायोजन गर्न निर्देशन दिएको छ। विभागले आइतबारबाट लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गर्नेछ। 

वैज्ञानिक तवरले भाडादर समायोजन गर्न एउटा समिति बनाउने र त्यसले दुई महिनाभित्र प्रतिवेदन दिने सहमति पनि आजको वार्तामा भएको विभागका निर्देशक गोकर्ण उपाध्यायले बताए।  

 यातायात व्यवसायी राष्ट्रिय महासंघ दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन पनि सहमत भएको छ। तर अझै पनि उनीहरुले मिति भने तोकिसकेका छैनन्। यसपालिको घटस्थापना असोज २४ गते परेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell