PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अष्ट्रेलियाली चलचित्र निर्मातालार्इ आममाफी, आजै डिपोर्ट गरिने



अष्ट्रेलियाली चलचित्र निर्मातालार्इ आममाफी, आजै डिपोर्ट गरिने
फोटो: REUTERS

नोम्पेन्ह:अष्ट्रेलियाली चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली राजाले आममाफी दिएका छन्। क्याम्वोडियाका शक्तिशाली प्रधानमन्त्री हुन सेनले उनलार्इ आममाफी दिन राजा नोरोडोम सिहामोनीलार्इ आग्रह गरेपश्चात रिक्सटन रिहा हुने भएका हुन्। उनलार्इ आजै रिहा गरी अष्ट्रेलिया पठाइने जनाइएको छ।

 गतवर्षको जुन महिनादेखि पक्राउ गरी थुनामा राखिएका उनलार्इ अगष्टमा क्याम्बोडियाली अदालतले जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय सुनाएको थियो। गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी र्‍यालीको तस्बिर ड्रोन प्रयोग गरी खिचेका थिए।

क्याम्बोडिया सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रुपमा नै देशका विरुद्धमा जासुसी गरेको आरोप रिक्सटनलाई लगाइएको थियो।

६९ वर्षेरिक्सटनका विरुद्धमा दुई ओटा मुद्दा लगाइएको थियो। अदालतले उनलार्इ दुवै मुद्दामा दोषी ठहर गरेको सजाय सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell