पेरिस: अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ।
मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिए।
यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरुको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ।
त्यतिबेला १५ हजारदेखि २० हजारको बीचमा मृत्यु भएको थियो। उनीहरुमध्ये अधिकांश वृद्धवृद्धा र एकल रहेका थिए।
अहिलेको तथ्याङ्क अपेक्षाकृत नै भएको अधिकारीहरुको भनाई छ। फ्रान्समा औसत तापक्रम २३.२ डिग्री हुनेगरेको छ। रासस