PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भूकम्पमा भागेका कैदी माकलवारीमा भेटिए



पहिलोपोस्ट

भूकम्पमा भागेका कैदी माकलवारीमा भेटिए

काठमाडौं : अपहरण मुद्दामा अदालतले सजाय तोकेका एक फरारलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बिहीवार माकलवारीबाट ३४ वर्षीय राजु र भरत भनिने माइला लामालाई पक्राउ गरेको हो। २०७० वैसाख ३१ गते लामालाई अपहरण मुद्दामा पुनरावेदन अदालत पाटनले १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

२०७२ वैसाख १२ गतेको विनासकारी भूकम्पमा लामा सिन्धुपाल्चोक कारागारबाट फरार भएका थिए। लामाले २०६७ जेठ ७ गते शिवबहादुर खड्कालाई जग्गा बेचेको कमिसन नदिएको भन्दै अपहरण गरेका थिए। लामालाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell