PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्राइडे रिलिजमा 'बाँध मायाले', 'इन्टु मिन्टु लन्डनमा'  र 'धुम ३'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'बाँध मायाले', 'इन्टु मिन्टु लन्डनमा'  र 'धुम ३'

काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तरगत तीन नपाली फिल्म छन्। 'बाँध मायाले', 'इन्टु मिन्टु लन्डनमा'  र 'धुम ३' प्रदर्शनमा आएका तीन फिल्महरु हुन्।

फिल्म ‘बाँध मायाले’लाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन। फिल्ममा अभिनेता आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल लगायतको अभिनय छ। आर्यन र सृष्टिको यो तेश्रो फिल्म हो। तर उनीहरु पहिलोपटक एकसाथ पर्दामा देखिँदैछन्।

प्रदर्शनमा आएको अर्को फिल्म हो 'इन्टु मिन्टु लन्डनमा'। फिल्मको सम्पुर्ण छायाँकन लन्डनमा भएको हो।  कोरियोग्राफर रेनशा वान्तवा राईको यो निर्देशकिय डेब्यु फिल्म पनि हो।  फिल्म मार्फत धिरज मगरले डेब्यू गरेका हुन्। फिल्ममा धिरजसँगै साम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय छ।लभस्टोरी विधामा बनेको यस फिल्ममा प्रज्ज्वल समशेर जबरा र रेनशाकै कथा रहेको छ।

'धुम ३'लाई जयकिशन बस्नेतले लेखन तथा निर्देशन गरेका हुन्। जयकिशन बस्नेत फिल्मसको ब्यानरमा बनेको फिल्ममा जयकिशन, एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, सपना श्रेष्ठ लगायतको अभिनय छ। फिल्ममा टंक बुढाथोकी र ओम सुनारको संगीत रहेको छ।

यो साता नेपाल प्रदर्शनमा बलिउड फिल्म 'बत्ती गुल मीटर चालू' छ। फिल्ममा अभिनेता साहिद कपुर र श्रद्धा कपुरको मुख्य अभिनय छ। यो साता हलिउड फिल्म भने नेपाल प्रदर्शनमा आएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell