PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ, प्लाष्टिकको कभर तारले घाँटी कसेर हत्या गरिएको अनुमान 



एम बम

व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ, प्लाष्टिकको कभर तारले घाँटी कसेर हत्या गरिएको अनुमान 

कैलाली: जोशीपुरका किराना व्यवसायी राम प्रसाद ओझा(जैशी)को हत्या आरोपमा कैलाली प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत भदौ २८ गते राती जोशीपुरको टीकापुर सडकमा रहेको ओझा किराना पसलका सञ्चालक ३५ वर्षका ओझाको पसल भएकै घरमा हत्या भएको थियो। 

घटनामा संग्लग्न तीनजना जोशीपुर गाउँपालिका १ का ४१ बर्षीय गंगाराम चौधरी, जोशीपुर १ कै ३८ बर्षका राजकुमार डगौँरा र टीकापुर नगरपालिका ३ का डम्मबर चौधरीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कैलालीमा आज पत्रकार सम्मेलद्धारा सार्वजनिक गरिएको हो।
 
गंगाराम चौधरी र राजकुमार डगौँरालाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको र टीकापुर घर भई गोदावरी नगरपालिका ८ मा व्यवसाय गर्दै आएका डम्मर चौधरीलाइ घटनामा संलग्न व्यक्तिलाइ सघाएको आरोपमा तीनै जनालाइ छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक हरी ओलीले बताए।

पूर्व योजना अनुसार ओझाको पसलमै गएर प्लाष्टिकको कभर तारले घाँटी कसेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अभियुक्तका साथबाट मृतकको १ थान मोबाइल, ७ हजार १ सय भारतीय रुपैयाँ र १ सय रुपयाँ पर्ने २२ थान रिचार्ज कार्ड बरामद गरिएको ओलीले जानकारी दिए। 

आर्थिक कारणले ओझाको हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ। उनीहरु विरुद्ध कर्तव्य ज्यान र डाकाँचोरी मुद्दा चलाइएको उनले बताए। १० वर्षदेखि व्यवसाय गर्दै आएका ओझाले भारु सटहीको समेत काम गर्ने गरेको स्थानीय बताउँछन्। 

ओझाकी पत्नी भने दुई छोरा पढाउन टीकापुरमा डेरा गरेर बस्दै आएकी थिइन्। स्थानीयका अनुसार ओझा २८ गते राती बिहीबार ११ बजेसम्म जोशीपुर बजारमा भएको नाच हेरेर घर फर्किएका थिए। तीजका लागि श्रीमती माइत गएको बेला ओझाको हत्या भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell