काठमाडौं : फिल्म 'निर्जला' टिमले दशैंको गीत सार्वजनिक गरेको छ। प्रचार अस्त्रका रुपमा टिमले फिल्मको 'यसपालीको दशैंमा'बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा बाबुल र सुजता बर्माको स्वर रहेको छ। गीतको भिडियोलाई रबि कोइरालाले छायाँकन गरेका हुन्। भिडियोमा फिल्मका कलाकार किशोर खतिवडा र शुभेच्छा थापा फिचर्ड छन्। फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन्। फिल्म आगामी २०७५ सालको फूलपातीको दिनदेखी रिलिज हुनेछ।
फिल्ममा किशोर र शुभेच्छासँगै श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतको अभिनय छ। ‘निर्जला’मा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायाँकन रहेको छ।