PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विश्वमा आज: पाकिस्तानमा शरीफ रिहा हुँदै, मलेसियामा रजाक पक्राउ!



विश्वमा आज: पाकिस्तानमा शरीफ रिहा हुँदै, मलेसियामा रजाक पक्राउ!

शरीफलार्इ रिहा गर्न आदेश


पाकिस्तानको उच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। भ्रष्टाचार गरेको अभियोगमा नवाफ शरिफलाई १० बर्ष र मरियमलाई ७ बर्षको जेल सजाय सुनाईएको थियो। पाकिस्तानमा आम निर्वाचन हुनुभन्दा केही अघि लण्डनबाट पाकिस्तान फर्केका उनीहरुलार्इ विमानस्थलबाटै पक्राउ गरिएको थियो।  शरिफ उनकी श्रीमतिको उपचारका लागि लण्डन गएको बेला उनीहरुलार्इ सजाय सुनाइएको थियो। गत हप्तामात्र शरिफकी श्रीमति कुलसम नवाजको क्यानसरका कारण निधन भएको थियो। अन्तिम संस्कारमा भाग लिनका लागि उनीहरुलार्इ केही दिनका लागि रिहा गरिएको थियो।


रजाक पक्राउ


मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पक्राउ गरिएको छ। भ्रष्ट्राचारको आरोपमा उनलाई पक्राउ गरिएको जनाइएको छ। गत मे महिनामा भएको अाम निर्वाचनमा महाथिर मोहम्मद नेतृत्वमा सरकार गठन भएपश्चात नाजिबलाई राज्यकोष दुरुपयोग गरेको आरोप लगाइएको थियो। नाजिबलाई बिहीबार अदालतमा पेश गरिने बताइएको छ।

किम मुन वार्ता


दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले उत्तर कोरिया आफ्नो मुख्य मिसाइल परीक्षण र प्रक्षेपण स्थल बन्द गर्न सहमत भएको बताएका छन्। उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाका नेता किम जोङ उनसँगको भेटवार्तापछि बोल्दै मुनले उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायी रुपमै बन्द गर्नेजस्ता थप कदमहरु पनि चाल्ने सहमति जनाएको छ, तर त्यसका लागि अमेरिकाले आफ्ना नीतिहरुमा पुनरावलोकन गर्नु पर्ने बताएका छन्।  यस्तै किमले निकट भविष्यमा सोलको भ्रमण गर्न सक्ने बताइएको छ।


मान्गखुटको असर

फिलिपिन्समा 'सुपर टाइफुन मान्गखुट' आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ। अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु प्रायःभीषण आँधीपछि आएको पहिरोमा पुरिएको हुनुपर्ने अनुमान गरिएको छ। फिलिपिन्स सरकारले पहिरो प्रभावित क्षेत्रमा पनि उद्धारकार्य जारी रहने जनाएको छ।

घानी नयाँ दिल्लीमा


अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा छलफल गर्न नयाँदिल्ली पुगेका छन्। उक्त भ्रमणका अवसरमा दुर्इ देश बीच क्षेत्रीय सुरक्षा, व्यापार र अफगानिस्तानमा भारतीय सहयोगमा सञ्चालित विकास कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।

तस्विर: AP/AFP/BBC/ABC/XINHUA



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell