PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

स‌ंविधान दिवसमा चौतारामा नेविसंघको दिपावली



स‌ंविधान दिवसमा चौतारामा नेविसंघको दिपावली

चौतारा: स‌ंविधान दिवसको अवसरमा सिन्धुपाल्चोक सदरमुकाम चौतारामा नेपाल विद्यार्थी स‌ंघले दिपावली गरेको छ। चौतारामा रहेको कृष्णरत्न गंगा उमाविमा दिप प्रज्वलन गरी दिपावली मनाएको हो।

नेपाल विद्यार्थी संघ इकाइको आयोजनामा भएको कार्यक्रमका कांग्रेस जिल्ला सचिव बिलबहादुर तामाङ प्रमुख अतिथिका रुपमा सहभागी भए।

इकाइ सभापति गिरिराज कटुवालको सक्रियतामा भएको कार्यक्रममा सचिव तामाङले संविधान कार्यान्वयनको लागि विद्यार्थीले बुलन्द आवाज उठाउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell