PahiloPost

Mar 3, 2026 | १९ फागुन २०८२

इन्द्रावतीमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता : सावित्रा तामाङ प्रथम



इन्द्रावतीमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता : सावित्रा तामाङ प्रथम

नवलपुर: ईन्द्रावती गाउँपालिकाको आर्थिक सहयोग तथा इन्द्रावती गाउँपालिका शिक्षा कार्यलयद्वारा आयोजित इन्द्रावती गाउँपालिका माविस्तरीय वक्कृत्वाकला प्रतियोगितामा सावित्रा तामाङ प्रथम भएकी छन्। ;संविधान दिवसको अवसरमा आयोजित 'हाम्रो संविधान र बाल अधिकार' विषयक प्रतियोगितामा ११ प्रतियोगिलाई पछि पार्दै तामाङ प्रथम हुन सफल भएकी हुन्। प्रथम हुन सफल तामाङ नवलपुर माविको कक्षा ९ मा अध्ययनरत छिन् । उनले नगद १५ हजार पुरस्कारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

१२ विद्यालय सहभागी प्रतियोगितामा ऐसेलुखर्क माविकी मेरिना अधिकारी द्वितिया भइन् । उनले नगद रु १० हजारसहित मेडल र प्रमाणपत्र हात पारिन् । चण्डेश्वरी माविका सुजन कुवँर तृतिया हुन सफल भए। उनले रु ५ हजारसहित प्रमाणपत्र हात पारे। कार्यक्रम मा प्रथम,दोस्रो र तेस्रो स्थान हसिल गर्ने लाई मेगा बैंकको तर्फबाट डायरी बकस प्रदान गरिएको थियो।

गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङको प्रमुख अतिथ्यामा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा गाउँपालिकाका प्रशासकीय अधिकृत बिनोद रोक्का सहभागी थिए। कार्यक्रममा वडा १ का वडाध्यक्ष श्री लामा, वडा २ का वडाध्यक्ष वीर बहादुर तामाङ, वडा ५ को वडाध्यक्ष दुर्गा बहादुर तामाङ च्याङबा , वडा १० का वडाध्यक्ष जीवन थापामगर वडा ४ का निमित्त अध्यक्ष अर्जुनबहादुर अधिकारी उपस्थित थिए। कार्यक्रममा इन्द्रावती गाउँपालिकाका सुचना अधिकृत मनोज दंगाल,गाउँपालिकाका सदस्यहरु,वडासदस्यहरु र शिक्षकशिक्षिकाको उपस्थिति थियो। 

विजेतालाई बधाइ दिँदै गाउँपालिका अध्यक्ष तामाङले हारजितको लागि गरिएको प्रतियोगिता नभइ बिद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने प्रयासका रुपमा लिन आग्रह गरे। संविधान दिवसको अवसर पारी गाउँपालिकाले बिहान बृहत् सरसफाइ कार्यक्रमसमेत गरेको थियो।


-फूलमान तामाङ
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell