PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मलेसियामा मृत्यु भएका ६ नेपालीको पहिचान खुल्यो :  १२ को अवस्था अझै गम्भीर, रक्सी बेच्ने सात पक्राउ 



विधुर ढकाल

मलेसियामा मृत्यु भएका ६ नेपालीको पहिचान खुल्यो :  १२ को अवस्था अझै गम्भीर, रक्सी बेच्ने सात पक्राउ 
मृतक आइतसिंह गोलेकी श्रीमती ३७ वर्षीया माया डोल्मो (हरियो टिसर्टमा) इन्सेटमा मृतक गोले। Photo: the star

काठमाडौं : मलेसियामा विषक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ। मलेसियाको समाचार संस्था दी स्टार अनलाइनका अनुसार मृत्यु हुनेको संख्या बुधवार बिहान १९ पुगेको हो।

मंगलवारसम्म १५ जनाको मृत्यु भएको थियो। मंगलवार राति र बुधवार बिहानसम्म थप ४ जनाको मृत्यु भएको हो।

यता मृत्यु हुनेमा अधिकांश विदेशी कामदार रहेका छन्। जसमध्ये ६ नेपाली रहेको क्वालालम्पुरस्थित नेपाली दुतावासले जनाएको छ।

दुतावासका अनुसार मृत्यु हुनेमा रुपन्देही साविकको मसिना गाविस वडा नं. ६ का रामकुमार यादव, धादिङ जिल्ला साविकको बसेरी–३ का मिमबहादुर घले, डडेलधुरा साविक अमरगढीका विशाल बुढाथोकी, सुनसरी जिल्लाको साविकको पश्चिमकुसाहा वडा नं. ९ का सञ्जय उराव रहेका छन्। त्यस्तै साविकको सिद्धिथुम्का वडा नं. ९ इलामका बलबहादुर कुलुङ रहेका छन्। त्यस्तै अर्का आइतसिंह गोलेको पनि मृत्यु भएको दूतावासले जनाएको छ। उनको ठेगाना खुल्न भने सकेको छैन। मृत्यु भएका मध्ये घलेको मृत्यु कजाङ अस्पतालमा र बाँकीको सुंगाई वुलो अस्पतालमा मृत्यु भएको दुतावासले जनाएको छ।

त्यस्तै विषाक्त रक्सीको सेवनबाट १६ जना नेपाली बिरामी परेका छन्। जसमध्ये १२ जना अस्पतालमा उपचार गराइरहेका छन्। भने चार जना उपचारपछि डिस्चार्ज भएका छन्।

अस्पतालमा उपचाररत नेपाली

जितबहादुर माझी, रानीचुरी–५, सिन्धुली

राधेश्याम बैठा रघुनाथपुर–६ बारा

रामचन्द्र लोध फरेना–७, रुपन्देही

लोकबहादुर बराम च्यांगली–२ गोरखा

रिखामान स्याङतान, ढुंग्रेखोला–८ सर्लाही

सरु मगर (ठेगाना नखुलेको)

दुर्गासिंह राना देउराली–८, नवलपरासी

सुकुवल घिसिङ (ठेगाना नखुलेको)

राजेश कुमार (ठेगाना नखुलेको)

विमल कार्की (ठेगाना नखुलेको)

सेतवीर तुम्वाम्पो चौकामागु–६ पाँचथर

जम्बिरलाल झाँगड बावियाबिर्ता–३ मोरङ

यी मध्ये सिन्धुलीका माझीको कजाङ अस्पतालमा उपचार भइररहेको छ। त्यस्तै रिखामानको क्लाङ र सरुको उपचार बातिङ अस्पतालमा उपचार भइरहेको छ। बाँकी सबैको उपचार सुंगाई बुलो अस्पतालमा उपचार भइरहेको दुतावासले जनाएको छ।

उपचारपछि डिस्चार्ज भएका नेपाली

लुंगनाथ मगर, सिद्धकाली–४, संखुवासभा

प्रविन थारु, मैनापोखर–३ बर्दिया

दुर्गाबहादुर राई, महेन्द्रनगर–६ सुनसरी

भागीमान डाँगी, रांसी–४ रोल्पा

घटनाको विषयमा जानकारी प्राप्त हुनासाथ नेपाली दुतवासका अधिकारीहरु अस्पताल पुगेर जानकारी लिएका थिए।

मृतकको पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको छ। पोस्टमार्टम रिपोर्टपछि रोजगारदाता कम्पनी, मलेसिया सरकारसँग सहकार्य गरी मृतकको शव नेपाल पठाउनका लागि आवश्यक गृहकार्य भइरहेको दूतावासले जनाएको छ। मलेसियामा नेपालीहरुले निम्नस्तरको असुरक्षित मदिरा अध्याधिक सेवनका कारण मृत्यु हुने गरेको दुतवासले जनाएको छ। यद्यपि मादक पदार्थ सेवनको कारण यति ठूलो क्षति भएको भने पहिलो घटना हो।

विरामी पर्ने अधिकांश विदेशी कामदार

यसैबीच विषाक्त रक्सीको सेवनबाट विरामी हुने ५१ जनाको अस्पतालमा उपचार भएको दी डेली स्टारले जनाएको छ। उनीहरुले कलाङ उपत्यकाका विभिन्न पसलबाट मण्डाले ह्वीस्की, किङफिसर वियर र ग्रान्ड रोयल ह्वीस्की खरिद गरी सेवन गरेको प्रहरीले जनाएको छ।

सबै विरामीले पहिला देखि नै कडा खालको मदिरा सेवन गर्ने गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख। स्वास्थ्य निर्देशक डा. नुर अब्दुल्लाहले स्वास्थ्य विषाक्त मदिराको नमुना संकलन गरी ल्याव परीक्षणका लागि पठाइएको जानकारी दिएका छन्।

अस्पतालमा दर्ता भएका ५१ केस मध्ये ३ जना मलेसियाली र बाँकी ४८ जना विदेशी कामदार रहेको उनले जनकारी दिए। जसमध्ये म्यानमार, नेपाल, बंगलादेश र भारतका रहेका छन्।

अस्पतालमा मिथानोल प्वोइजनिङका विरामीहरु अस्पतालमा आउने क्रम अझै जारी रहेको भन्दै यो संख्या बढ्न सक्नेसमेत उनले बताए।

सात जना पक्राउ

यसैबीच मलेसियन प्रहरीले विषात्त रक्सी बेच्ने सात जनालाई पक्राउ गरेको छ। स्थानीय प्रहरी अधिकारी कमाण्डर दातुक मजलान मन्सुरका अनुसार बुधबार कलाङ उपत्यकाका विभिन्न १२ स्थानमा छापा मारेको थियो। उनीहरुले कामदारलाई विषक्त रक्सी बेचेका थिए।

विरामीले खाएको भनिएको विषाक्त रक्सीको खोजीका लागि प्रहरीले अप्रेसन चलाएको थियो।

प्रहरीले १ हजार ३० बोतल ह्वीस्की र १ हजार ७६७ वियर क्यान समेत बरामद भएको उनले जानकारी दिएका छन्।

प्रहरीले घटनालाई पेनल कोडको सेक्सन ३०४ अन्तर्गत मुद्धा चलाएको छ। घटनामा विरामी भएका १४ जनाको अवस्था अझै गम्भीर रहेको समाचारमा उल्लेख छ। गम्भिर रहेका मध्ये अधिकांश नेपाली रहेका छन्।

र यो पनि: 

विषाक्त रक्सीले मलेसियामा एक नेपालीसहित १५ को मृत्यु, श्रीमानको शव पर्खाइमा अस्पतालमा विछिप्त डोल्मो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell