PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दर खाने दिन दुई दिदी बहिनीमाथि भएको एसिड आक्रमणको अभियोगमा कुरुवा नै समातिए



पहिलोपोस्ट

दर खाने दिन दुई दिदी बहिनीमाथि भएको एसिड आक्रमणको अभियोगमा कुरुवा नै समातिए

काठमाडौं : दर खाने दिन दुई दिदी बहिनीमाथि एसिड हालेको अभियोगमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ गरेको छ। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा भएको एसिड प्रकरणमा प्रहरीले पासवानलाई पक्राउ गरेको हो। 

काठमाडौं प्रहरीले पासवानलाई पक्राउ गरी रौतहट पठाएको हो। भदौ २६ गते राति रौतहटका १८ वर्षीया सम्झना दास र सुस्मिता दासलाई राति एसिड प्रहार भएको थियो। पासवानको घटनामा संलग्नता देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए। 

एक प्रहरी अधिकृतले पहिलोपोस्टसँग भने, 'पासवानको घटनामा संलग्न भएको आशंका भएर नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान हुन्छ।'

समातिएका पासवान कीर्तिपुरमा यी दुवै दिदी बहिनीका कुरुवासमेत हुन्।

चन्द्रपुर अस्पतालले त्यहाँ उपचार गर्न नसक्ने भएपछि उनीहरुलाई काठमाडौं पठाएको थियो। कीर्तिपुर अस्पतालको आइसीयू कक्षमा राखेर सम्झनाको उपचार भइरहेको छ। उनी अझै जोखिम अवस्थामा छिन्। बहिनी सुस्मिताको वार्डमा उपचार भइरहेको छ, उनी खतरामुक्त छिन्। 

के भएको थियो पढ्नुस् :

निर्मलाका लागि देशले न्याय खोजिरहँदा यी दिदी बहिनी भने एसिड आक्रमणपछि मृत्युसँग संघर्ष गर्दै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell