PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

निर्मला प्रकरण : निलम्बित ६ प्रहरीको बयान लिइयो, अन्य १६ प्रहरी पनि छानविनको घेरामा



सविन ढकाल

निर्मला प्रकरण : निलम्बित ६ प्रहरीको बयान लिइयो, अन्य १६ प्रहरी पनि छानविनको घेरामा

काठमाडौं : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या घटना छानबिन गर्न नेपाल प्रहरीले  आइतवार गठन गरेको छानविन समितिले अनुसन्धान सुरु गरेको छ। डिआइजीको धिरु बस्नेतको  नेतृत्वमा गठन छानविन समितिले सोमवार एसपीसहित छ जना प्रहरीको बयान लिएको हो। 

समितिले प्रहरी प्रधान कार्यालय नक्सालमा एक एसपी, दुई डिएसपी, दुई इन्स्पेक्टरसहितको बयान लिएको हो। निलम्बनमा पर्नेहरु डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्।

सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह-सचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो। समितिको सिफारिसमा गृहमन्त्रालयले एसपी डिल्लीराज विष्टलाई भदौ ९ गते र बाँकी पाँच जनालाई गत शनिवार निलम्वन गरेको थियो। समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ। 

अन्य १६ जना प्रहरी अनुसन्धानको दायरमा

निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाइएको छ। छानविन समितिले घटनमा संलग्न १६ जनालाई काठमाडौं झिकाएको हो।
समितिले उनीहरुसँग पनि बयान लिने छ। घटनामा कसको के भूमिका रह्यो? कुन प्रहरीको के कमजोरी देखियो? भन्ने विषयमा अनुसन्धान हुने नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए। कञ्चनुपुरमा एसपी कुबेरबहादुर कठायतर र केन्द्रीय अनुसन्धान व्यूरोबाट गएका एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell