PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

निर्मला प्रकरण : अब डिआइजीको नेतृत्वमा छानविन हुने, सुरुका सबै प्रहरीलाई काठमाडौं झिकाइयो



सविन ढकाल

निर्मला प्रकरण : अब डिआइजीको नेतृत्वमा छानविन हुने, सुरुका सबै प्रहरीलाई काठमाडौं झिकाइयो

काठमाडौ : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या घटना छानबिन गर्न नेपाल प्रहरीले पुनः अर्को समिति गठन गरेको छ। आइतवार डिआइजीको नेतृत्वमा थप चार सदस्य छानविन समिति गठन गरेको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। अनुसन्धानका लागि डिआइजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाइएको उनले बताए।

सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह-सचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो। समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ। गत भदौ १४ गते एसएसपीको नेतृत्वमा गठन भएको समितिलाई डिआइजीको नेतृत्वमा रुपान्तरण गरिएको हो। प्रवक्ता क्षेत्रीले भने, 'केही समय अगाडिको र अहिलेको अवस्था फरक भएको छ। डिएनएको रिपोर्ट आइसकेको छ। त्यसैले फेरि समितिमा डिआइजीको नेतृत्व दिएका हौं।' समितिमा एसएसपी निरजबहादुर शाही, उत्तम सुवेदी लगायतका प्रहरी अधिकृत रहेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टको अनुसन्धानमा शङ्का पैदा भएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएर अनुसन्धान सुरु गर्न निर्देशन दिएको थियो। एसपी बिष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई भदौ ९ गते निलम्बित गरिएको थियो। शनिवार गृह मन्त्रालयले दुई डिएसपी सहित पाँच जनालाई निलनम्वन गरेको छ। निलम्वनमा पर्नेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्।
समितिले घटनामा संलग्न सबै प्रहरीको अनुसन्धान गर्ने छ। 

घटना संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाइयो

निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाइएको छ। उनीहरुमाथि प्रहरी प्रधान कार्यालयमा अनुसन्धान शुरु गरिसकेको छ। घटनामा कसको के भूमिका रह्यो? कुन प्रहरीको के कमजोरी देखियो? भन्ने विषयमा अनुसन्धान हुनेछ। एसएसपी थापाले भने, 'हामीले अनुसन्धान शुरु गरिसकेका छौं। प्रहरीको के गल्ती हो थप खुल्छ।' घटनाक्रम जटिल र रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान व्यूरोको टोली पनि कञ्चनपुर पुगेको थियो। व्यूरोबाट एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell