PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एकै साथ ९ प्रहरी अख्तियारको फन्दामाः बालुवाको सेटिङ मिलाउन ठेकेदारसँग घुस



पहिलोपोस्ट

एकै साथ ९ प्रहरी अख्तियारको फन्दामाः बालुवाको सेटिङ मिलाउन ठेकेदारसँग घुस

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना असइ, तीन जना हवल्दार र  चार जना जवान रहेका छन्।

पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेश पटेल लगायत रहेका छन्। मनहरा खोलाको बालुवा निकाल्नको लागि ठेकेदारहरूसँग घुस लिइरहेको अवस्था उनीहरूलाई नियन्त्रणमा लिएको आयोगका सहसचिव रामेश्वर दंगालले बताए। सहसचिव दंगालले भने,'ठेकेदारसँग घुस लिइरहेको अवस्थामा प्रहरीलाई नियन्त्रणमा लिएका हौं।'

उनीहरूको साथबाट आयोगको टोलीले १ लाख रुपैयाँ घुस रकमसमेत फेला पारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell