PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्रेन्च लिग वान : नेमार र एम्बाप्पे बिनै पीएसजीको शानदार जित



पहिलोपोस्ट

फ्रेन्च लिग वान : नेमार र एम्बाप्पे बिनै पीएसजीको शानदार जित

नो नेमार, नो एम्बाप्पे, नो प्रोबेलम फर पीएसजी। नेमार  र किलिएन एम्बाप्पे बिनै मैदान उत्रेको लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित हात पारेको छ।

पिएसजीले लगातार पाँचौ जित हात पार्ने क्रममा सेन्ट एटिनेलाई ४-० ले हरायो। घरेलु मैदान पार्क डे प्रिन्समा युलियन ड्राक्सलरले पहिलो हाफमा गोल गरेका थिए भने एडिनसन कभानी, माउसा डियबी र एन्जल डि मारियाले दोस्रो हाफमा गोल गरे।

पीएसजीले यस खेलमा नेमारलाई आराम दिएको थियो भने एम्बाप्पे यस खेलका लागि सस्पेन्डमा परेका थिए।

यस सिजन अपराजित रहेको पीएसजी ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा आसिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell