PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलबाटै बाहिरियो, माल्दिभ्ससँग ३-० ले पराजित



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलबाटै बाहिरियो, माल्दिभ्ससँग ३-० ले पराजित
फोटो : SAFFSUZUKICUP/NSJF

काठमाडौँ : पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दै उपाधि जित्ने नेपालको सपना माल्दिभ्सले चकनाचुर पारिदिएको छ।

समूह चरणमा उत्कृष्ट पुनरागमन गरेको नेपाल बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा माल्दिभ्स सामु निरिह बन्यो।

वर्षा र थण्डर स्ट्रोमले प्रभावित बनेको खेलमा नेपाल ३-० को लजजासपद हारसहित सेमिफाइनलबाटै बाहिरिएको हो। पाँच पटक सेमिफाइनल खेलेपद्दि नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन।

समूह चरणका कुनै गोल नै नगरी भाग्यमानी बनेर सेमिफाइनल पुगेको माल्दिभ्सले खेलको सुरुवात देखि नै नेपाल विरुद्ध राम्रो खेलेको थियो। खेलको पहिलो हाफमा एक गोल गरेको माल्दिभ्सले दोस्रो हाफमा दुई गोल थपेको थियो।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा खेलको नवौँ मिनेटमै कप्तान अक्राम घानीले फ्रिकिकमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। वर्षा र थण्डर एण्ड लाइटनिङका कारण २७औँ मिनेट चलिरहँदा खेल करिब २० मिनेटका लागि रोकिएको थियो।

इब्राहिम हसिद अहेमदले ८४औँ र ८६औँ मिनेटमा गोल गर्दै माल्दिभसलाई ३-० को जित दिलाए।

प्रतियोगितामा माल्दिभ्सको यो पहिलो जित समेत हो। समूह चरणमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको माल्दिभ्स दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो। श्रीलंकासँग समान अंक भएपछि टस जितेर माल्दिभ्स सेमिफाइनल पुगेको हो। माल्दिभ्सले अहिलेसम्म सहभागिता जनाएको सबै १० संस्करण नै सेमिफाइनल खेलेको छ।

माल्दिभ्सले अब फाइनलमा आजै हुने भारत र पाकिस्तानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell