PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीहरुको वार्षिक साधारणसभा प्रधानमन्त्री निवासमा, प्रधानमन्त्री ओलीका पिता अभिनन्दित



ओलीहरुको वार्षिक साधारणसभा प्रधानमन्त्री निवासमा, प्रधानमन्त्री ओलीका पिता अभिनन्दित

काठमाडौं : बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास। तर, हिजोआज सरकारी कामकाज भन्दा पनि सत्तारुढ दलको बैठक, विभिन्न संघ संस्थाका कार्यक्रममा व्यस्त हुँदै आएको छ।

शनिवार यही बालुवाटारमा ओली वंश अक्षयकोषको कार्यक्रम भयो। कार्यक्रम थियो, संस्थाको वार्षिक साधारणसभा। कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार न्यूनिकरणमा प्रतिवद्ध भएको दोहोराइरहे। ‘अब पुरानो युगको अन्त्य भयो। नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नु पर्दछ,’ उनले भने, ‘यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएको हो।’ उनले यस्तो भन्दा ताली बज्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell