PahiloPost

May 14, 2024 | १ जेठ २०८१

चीनका सामानमा थप कर लगाउँदै ट्रम्प, अमेरिकी व्यापारीहरु चिन्तित



चीनका सामानमा थप कर लगाउँदै ट्रम्प, अमेरिकी व्यापारीहरु चिन्तित

वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका सामानहरुमा थप कर लगाउने चेतावनी दिएका छन्। 

एप्पलले चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण अमेरिकी उपभोक्ताका लागि आफ्ना उत्पादन महंगो हुन सक्ने बताइरहँदा ट्रम्पको यस्तो भनाइ आएको हो। 

केही समय अघि ट्रम्पले दुर्इ सय अर्ब बराबरको चीनिया सामाग्रीहरुमा कर लगाउने बताएका थिए।  तर ट्रम्पले अब फेरी २६७ अर्ब बराबरको सामानमा कर लगाउने सक्ने बताएका हुन्। 

दुर्इ सय अर्ब बराबरको सामाग्रीहरुमा रिकर्डिङ डिभाइस, लग्गेज ब्याग, ह्यान्ड ब्याग, टायर, भ्याकुम किल्नर लगायतका सामाग्री रहेका छन्। यसमा १० देखि २५ प्रतिशत कर लगाउने तयारी भइरहेको बताइएको छ। 

यदि यो कर लागू भएमा प्रविधि क्षेत्रमा लगानी गरेकाहरुलार्इ धेरै घाटा हुने बताइएको छ। अमेरिकी कम्पनीहरु 'फिटनेस ट्रयाकर', 'इन्टेल कोर्प' लगायतका कम्पनीले पनि यो करले बजारमा नकरात्मक प्रभाव पार्ने बताउँदै आएका छन्। ट्रम्पले पहिले घोषणा गरेको कर लागू भएमा नै एप्पलले चीनमा उत्पादन हुँदै आएको आफ्ना सामान महंगो हुने बताइसेको छ। 

ट्रम्पको यो निर्णयबाट यी दुर्इ राष्ट्रबीच थप संकट उत्पन्न हुने अनुमान गरिएको छ। अर्थशास्त्रीहरुले त यी दुर्इ राष्ट्रहरुबीचको व्यापार युद्धका कारण विश्व अर्थतन्त्र नै डुब्ने चेतावनी दिएका छन्। 

अमेरिकी निर्णयका कारण चीनले पनि अमेरिकी वस्तुमा कर लगाउने तयारी गरिरहेको छ। चीनको कदमले चीनमा रहेका अमेरिकी कम्पनीहरु धेरै प्रभावित हुने बताइएको छ। 

गत जुनमा मात्र ट्रम्पले ५० अर्ब चीनिया सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell