PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चीनका यी बन्दरगाह जुन अब नेपालीले प्रयोग गर्न पाउँछन्



विधुर ढकाल

काठमाडौं: लामो छलफलबीच नेपाल-चीनबीच सम्पन्न पारवाहान सन्धीको कार्यविधि (प्रोटोकल)मा सहमति जुटेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण गर्दा चीनसँग यातायात तथा पारवाहान सम्झौता भएको थियो।

सम्झौताको कार्यविधिमा सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन। बिहीवार मध्यराती भएको सहमतिपछि कार्यविधिमा हस्ताक्षर भएसँगै नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको छ।

नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव रविशङ्कर सैँजु र चीनका तर्फबाट यातायात विभागका महानिर्देशक वाङ सिपिङ नेतृत्वको प्रतिनिधि मण्डलबीच भएको सहमति अनुसार नेपालले चीनका चार वटा सामुन्द्रिक र तीन वटा सुख्खा बन्दरगाहको प्रयोग गर्न पाउने छ।

सहमतिअनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारको लागि चीनका थेन्जिन, सेन्चेन, लियानयुनक्याङक र चनजियाङ सामुन्द्रिक बन्दरगाहका साथै लान्झोउ, ल्हासा र सिगात्से सुख्खा बन्दरगाहको प्रयोग गर्न पाउनेछ।

नेपालले यी बन्दरगाहको प्रयोग गर्दै तेस्रो मुलुकसँग व्यापार गर्न पाउने छ। हाल नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय बन्दरगाहको प्रयोग गर्दै आएको छ। चीनसँगको यो सहमतिसँगै अब तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय पररनिर्भरताको अन्त्य भएको छ।

थियान्जिन बन्दरगाह

थियान्जिन बन्दरगाह उत्तरी चीनको सबैभन्दा ठूलो बन्दरगाह हो। यो बन्दरगाह चीनको राजधानी बेइजिङको मुख्य सामुद्रिक प्रवेशद्वारसमेत हो। यसलाई नयाँ बन्दरगाहको रुपमा पनि चिनिन्छ। चीनको मुख्य खाडी पोहआईमा अवस्थित यो बन्दरगाह राजधानी बेइजिङबाट १७० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ भने थियान्जिन शहरबाट ६० किलोमिटर पूर्वमा पर्छ।

यो बन्दरगाह १७० वर्ग किलोमिटरमा फैलिएको छ। यो बन्दरगाह उत्तरी चीनको मुख्य विशेष आर्थिक क्षेत्र (सेज) हो। यस बन्दरगाहामा चारवटा क्षेत्रहरु छन्। पूर्वी, उत्तरी, दक्षिण र हआइह नदी पोर्ट।

सेन्चेन बन्दरगाह

सेन्चेन बन्दरगाह विश्वकै फास्टेस्ट ग्रोइङ पोर्ट हो। विश्वको व्यस्त कन्टेनर पोर्ट मध्ये तेस्रो स्थानमा रहेको यस बन्दरगाहमा २०१७ मा मात्र २ करोड ५६ लाख ७० हजार कन्टेनरहरु उतारिएको थियो। यो बन्दरगाह चीनको सेन्चेन शहरमा २६० किलोमिटर फराकिलो सामुद्रि किनारामा फलिएको छ। यो बन्दरगाह चीन र चिनियाँ विशेष प्रशासनीक केन्द्र हङकङको प्रवेशद्वार पनि हो। यो बन्दरगाह हङकङबाट ३७ किलोमिटरको दुरीमा छ भने गोन्जाओबाट १११ किलोमिटरको दुरीमा छ।

यो बन्दरगाह २००७ को जुलाई १ बाट सञ्चालनमा आएको हो। यसको उद्घाटन चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव तथा राष्ट्रपति हु जिन्ताओले गरेका थिए।

लियानयुनक्याङक बन्दरगाह

यो बन्दरगाह चीनको उत्तरपूर्वी कियांसु प्रान्तमामा अवस्थित छ। प्रान्तको अग्लो हिमाल युन्थाइ हिमालदेखि समुद्री किनारसम्म फैलिएको यो बन्दरगाह सन् १९०५ देखि वैदेशिक व्यापारका लागि खुला गरिएको थियो।

वैदेशिक व्यापारका लागि पहिला खोलिएका प्रवेश विन्दु मध्य एक यो बन्दरगाह पनि हो। यो बन्दरगाह नजिक चीनकै ठूलो न्यूक्लियर पावर प्लान्ट थियानवान न्यूक्लियर पावर प्लान्ट छ।

यस बन्दरगाह देखि २५ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट देशका प्रमुख शहरहरुमा नियमित उडान हुँदै आएको छ। साथै निजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ। यसको निर्माण सन् २०२० सम्म सम्पन्न हुने बताइएको छ। यो बन्दरगाह देशको १० औँ र विश्वको ३० औँ ठूलो बन्दरगाह हो। सन् २०१७ मा यहाँ ४ करोड ७० लाख तीन हजार कन्टेनर भित्रिएका थिए।

चनजियाङ बन्दरगाह

यो बन्दरगाह चीनको इन्ल्याण्ड रिभर पोर्ट हो। यस पोर्टमा वर्ष १०१३ मा १४ करोड ढ लाख ८४ हजार टन कार्गो भित्रिएको थियो। यो बन्दरगाह याङ्कथ्च नदीमा किनारमा अवस्थित छ। यो नदीको औषत गहिराइ ११ मिटर रहेको छ। वर्षभर यहँ ५० हजार डिडब्लुटी जहाज सञ्चालन हुन सक्छन्।

यो बन्दरगाह चीनको हान शासनकाल देखि नै प्रयोगमा रहेको बताइन्छ। यो बन्दरगाह वैदेशिक व्यापारका लागि १८५८ देखि खुला गरिएको हो। यो बन्दरगाह ३८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

लान्चाओउ सुख्खा बन्दरगाह

यो सुख्खा बन्दरगाका चीनको उत्तर पूर्वी कोङसु प्रान्तको राजधानीमा अवस्थित छ। एल्लो नदीको किनारमा अवस्थित लान्चाओउ सहर उत्तरी सिल्क रोडको मुख्ख  लिंक पनि हो। यो शहर औद्योगिक तथा पेट्रोकेमिकल उद्योगका लागि प्रख्यात छ।

चीनको अन्तर्राष्ट्रिय ल्यान्ड पोर्टले उत्तर पश्चिम चीनलाई दक्षिण तथा दक्षिण पूर्वी एसियाका महत्वपूर्ण मानिन्छ। यही पोर्ट भएर भारतले नाकाबन्दी लगाउँदा नेपालका लागि चिनियाँ रेल छुटेको थियो सन् २०१६ को मेमा। यही बन्दरगाह हुँदै नेपालसम्म सन् २०१६ मा १४ बिलियनभन्दा बढीको सामाग्री भित्रिएको थियो।

यो बन्दरगाह काठमाडौं देखि ३०५१ किलोमिटरको दुरीमा छ। यो रुटमा हाल २४३२ रेलमार्ग र बाँकी सडक मार्ग पर्छ। नेपालसम्म पहुँचका लागि रेलवे र सडकमार्गको प्रयोग हुने छ।

यहाँ देखि तिब्बतको सिगात्सेसम्म चार दिन लाग्छ। त्यसपछि केरुङसम्मका लागि दुई दिन र केरुङ देखि १ दिनमा काठमाडौं पुगिन्छ

त्यस्तै नेपालले चीनका ल्हासा र सिकात्सेमा रहेका बन्दरगाहकोसमेत प्रयोग गर्न पाउने छन्। चीनले आफ्नो भूमि केरुङमा बनाइरहेको बन्दरगाह हुँदै नेपालमा समान आयात निर्यात हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell