PahiloPost

May 14, 2024 | १ जेठ २०८१

बाढी प्रभावित जापानमा शक्तिशाली भूकम्प, आठ जनाको मृत्यु



बाढी प्रभावित जापानमा शक्तिशाली भूकम्प, आठ जनाको मृत्यु
फोटो: REUTERS

टोकियो: जापानको होक्काइदो क्षेत्रमा रहेको उत्तरी टापुमा ६.७ रेक्टर म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी आठ जनाको मृत्यु भएको र सयौंको संख्यामा मानिसहरु घाइते भएको जनाइएको छ।  ४० जना भन्दा बढी बेपत्ता रहेको  अधिकारीहरुले बताएका छन्। 

भूकम्प पश्चात गएको पहिरोका कारण धेरै घरहरु पुरिएको बताइएको छ। जापान सरकारका प्रवक्ता योसिहिडे सुगाले भूकम्प पछि चारवटा पहिरो गएको बताएका छन्।बाढी पहिरो प्रभावति क्षेत्रहरुमा भूकम्पले बढी क्षति गरेको र उद्धारकार्य थप चुनौतीपूर्ण बनेको बताइएको छ।

भूकम्पका कारण सडकहरु अवरुद्ध हुनुका साथै ३० लाख घरहरुमा विद्युत र संचार सेवा अवरुद्ध भएको बताइएको छ। यस्तै, एक आणविक केन्द्र पनि बन्द भएको जनाइएको छ। 

अधिकारीहरुले पराकम्पन एवम बाढी पहिरोको खतरा रहेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरुलार्इ सर्तकर्ता अपनाउन आग्रह गरेको छ।शक्तिशाली भूकम्पको दुर्इ तीन भित्र अर्को शक्तिशाली जान सक्ने तर्फ भूगर्भ विभागका अधिकारीहरुले चेतावनी दिएका छन्।

हाललार्इ चार हजार उद्दार टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरिएको जापानका प्रधानमन्त्री सिन्जो आबेले बताएका छन्। 
होक्काइदोमा रहेको न्यू चिटोसे विमानस्थल पनि पहिरोबाट प्रभावित भएको छ। 

जापानको पश्चिमी क्षेत्रमा २५ वर्षयता कै ‘जेबी’ नाम दिइएको शक्तिशाली आँधीका कारण लाखौँ मानिस प्रभावित भइरहँदा यो भूकम्पले उद्दारकार्य थप जटिल बनेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell