PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

संयुक्त सैन्य अभ्यास प्रति ने क पाका नेता रावलको आक्रोश, सरकारले जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्छ



पहिलोपोस्ट

संयुक्त सैन्य अभ्यास प्रति ने क पाका नेता रावलको आक्रोश, सरकारले जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्छ

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता भीम रावलले बिम्स्टेक सदस्य राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यासको औचित्य पुष्टि गर्न सरकारसँग माग गरेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले संयुक्त सैन्य अभ्यास गर्ने निर्णय प्रति आपत्ति जनाउँदै उनले नेपालले सैन्य अभ्यासमा सहभागी हुनुको औचित्य पुष्टि गर्न माग गरेका हुन्।

उनले नेपाल राष्ट्र र नेपाली जनताको हितमा नहुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुने निर्णय आफूलाई मान्य नहुनेसमेत उनले बताए। उनले सैन्य अभ्यासमा सहभागी हुने निर्णयको चित्तबुझ्दो जवाफ सरकारले जनतालाई दिनुपर्ने माग गरे। 

‘बिम्स्टेक बैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरू गलत गरिएका छन्,’ उनले भने, ‘त्यसैले यसको बारेमा बोल्न बाध्य भएँ। संविधानको हित विपरीत र पार्टीको नीति विपरीत कुनै संवाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हित विपरीत यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश जाँदैन।’

उनले बिम्स्टेक बैठकमा सेनापतिको गोप्य बैठक भएको दाबी गर्दै भने, ‘ कुनै पनि छलफल नगरिकन बहुराष्ट्रिय संयुक्त सैन्य अध्यास देशको हितविपरित छ, हाम्रो स्वतन्त्र परराष्ट्र नीति छ, यसैको आधारमा हाम्रो मुलुक अघि बढ्नुपर्छ, सरकारले यस्तो राष्ट्रहितमा आघात पर्ने खालका काममा कुनै छलफल नगरिकन हठाहतमा किन निर्णय गर्‍यो? सरकार र सम्बन्धित मन्त्रालयले यसको जवाफ दिनुपर्छ ।’

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले उल्लेख गर्न लायक कुनै पनि काम गर्न नसकेको आरोप लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell