PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मन्त्रिपरिषद् बैठक : बिम्स्टेक सम्मेलनका क्रममा सर्वसाधारणले भोग्नुपरेको दुःखमर्काप्रति सरकार संवेदनशील



मन्त्रिपरिषद् बैठक : बिम्स्टेक सम्मेलनका क्रममा सर्वसाधारणले भोग्नुपरेको दुःखमर्काप्रति सरकार संवेदनशील

काठमाडौँ : सरकारले बिमस्टेक शिखर सम्मेलनका क्रममा यातायात लगायत क्षेत्रमा सर्वसाधरणले भोग्नुपरेको दुःखमर्काप्रति संवेदनशील भएको बताएको छ। 

आइतबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दिनमा वैकल्पिक उपाय खोजेर सर्वसाधरणलाई कष्ट नपर्ने व्यवस्था गर्न पनि  प्रतिवद्धता जाहेर गरेको छ। 

बैठकले  बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै सदस्य राष्ट्रका राष्ट्र प्रमुख लगायतलाई धन्यवाद दिएको छ। सम्मेलन सफल पार्नका लागि सहयोग पुर्‍याएकोमा बैठकले केन्द्र सरकारका विभिन्न निकाय, सबै  स्थानीय सरकार, प्रदेश सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा संचारक्षेत्रलाई धन्यवाद पनि दिएको छ। 

त्यसैगरी, बैठकले संस्थान संचालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि, खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि र पशुसेवा परिषद् सम्बन्धी व्यवस्थाका लागि विधेयक बनाउन सैद्धान्तिक स्वीकृति दिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell