PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उपचारलाई अपराध नमान्न आग्रह गर्दै चिकित्सकहरु सडकमा

उपचारलाई अपराध नमान्न आग्रह गर्दै चिकित्सकहरु सडकमा


काठमाडौं: नेपाल चिकित्सक संघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

सरकार चिकित्सकको मागमा सकरात्मक नभएको भन्दै संघले आज सांकेतिक विरोध गरेको हो। माइतीघर मण्डलाबाट शुरु भएको विरोध र्‍याली नयाँ बानेश्वर पुगेर टुंगिएको थियो।

डाक्टरहरु पोशाकसहित सडकमा विभिन्न नारा लगाउँदै उत्रेका थिए। त्यस्तै संघले आज नेपाल मेडिकल काउन्सिलमा ५ हजार भन्दा बढी लाइसेन्स बुझाउने कार्यक्रमसमेत रहेको छ।

डाक्टरले लाइसेन्स बुझाएपछि बिरामी जाँच गर्न पाउँदैनन्।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु विरोधमा उत्रेका हुन्। तत्काल माग पुरा नभए कडा आन्दोलनमा उत्रने चिकित्सकहरुले चेतावनी दिएका छन्।

देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, डाक्टरहरुको प्रमाणपत्र काउन्सिलमा बुझाउने


 


ट्रेन्डिङ पोस्ट

Ncell