PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

गुन्डा नाइके दावा लामा पक्राउ, यस्तो छ उनको अपराध यात्रा



सविन ढकाल

गुन्डा नाइके दावा लामा पक्राउ, यस्तो छ उनको अपराध यात्रा

काठमाडौं : भारतको सिक्किममा बसेर 'बेटिङ' लगाउने गुन्डा नाइके दावा लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो। लामा दिल्लीमा पक्राउ परेका हुन्। उनलाई दिल्ली विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

२०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा दाबा लामामाथि गोली प्रहार भएको थियो। गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको हो।

अपराधमा लामो नाता

२०६७ सालदेखि लामा पटकपटक जेल पर्दै र छुट्दै आएका थिए। कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका छन्। काभ्रेली समूहका नाममा उनले अपहरण, जबरजस्ती चन्दा असुली लागू औषधदेखि ज्यान मार्ने उद्योगसमेत गर्ने गरेको प्रहरीले जनाएको छ।

ललितपुरका ३४ वर्षीय राजन श्रेष्ठलाई एक वर्षअघि उनले खुकुरी प्रहार गरेका थिए। काठमाडौंका एक व्यापारीबाट पटकपटक गरी ४० लाखभन्दा बढी उनले लुटेका थिए।

लामालाई प्रहरीले पछिल्लो समय २०७३ माघमा जय नेपाल हल अगाडिको एउटा क्लबमा झगडा गरेको विषयलाई लिएर प्रहरीले लामालाई पक्राउ गरेको हो। डेजाभु नामक नयाँ डिस्कोमा झगडा गर्दै लामाले साहु राम गिरीमाथि कुटपिट गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell