PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मोदीलाई पाँचौ भ्रमणका लागि प्रधानमन्त्री ओलीको निम्तो



पहिलोपोस्ट

मोदीलाई पाँचौ भ्रमणका लागि प्रधानमन्त्री ओलीको निम्तो
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको पाँचौ भ्रमणको निम्तो दिएका छन्। शुक्रवार पशुपति क्षेत्रमा भारतीय सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन कार्यक्रममा उनले मोदीलाई लुम्बिनी भ्रमणका लागि पुन: नेपाल भ्रमणको निम्तो दिएका हुन्।
 
प्रधानमन्त्री ओलीले मोलीको जनकपुर र मुक्तिनाथको दर्शन स्मरण गर्दै हुन नसकेको लुम्विनी भ्रमणका लागि पुन: नेपाल भ्रमणमा आउन निम्तो दिए। 

प्रधानमन्त्री ओलीले नेपाल-भारत सम्बन्धको चर्चा गर्दै भारतीय सहयोगका लागि धन्यवाद ज्ञापन गरे। उनले भारतको सहयोगमा पशुपतिमा आधुनिक धर्मशाला निर्माण भएको भन्दै धन्यवाद दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell