काठमाडौं: प्रहरीले सामाजिक सञ्चाजल मार्फत अश्लील भिडियो पठाउने एक महिला पत्रकारलाई पक्राउ गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले कमला हमाललाई पक्राउ गरेको हो। हमालले आफ्नै साथी विद्या चौधरीलाई अश्लील भिडियो पठाएकी थिइन्।
महाशाखाका एसएसपी धिरजप्रताप सिंहले उजुरीको आधारमा साइबर क्राइम अन्तर्गत पक्राउ गरेको बताए। एसएसपी सिंहले भने,'दुवै जना साथी हुन्। हमालले चौधरीलाई म्यासेजमा यस्तो भिडियो पठाएको भेटियो।'
चौधरी र हमाल दुवै जना बाँके पत्रकार महासंघकी सदस्यसमेत हुन्।
