PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भारततिर इन्धन तस्करी हुँदा वीरगञ्जमा पेट्रोलको हाहाकार!



राधेश्याम पटेल

भारततिर इन्धन तस्करी हुँदा वीरगञ्जमा पेट्रोलको हाहाकार!

वीरगंज: मुलुककै इन्धन आयात गर्ने सबै भन्दा ठुलो नाका वीरगंज आसपासको बारा–पर्सा क्षेत्रमा दुई दिनदेखि पेट्रोल पाउन छोडेको छ। पर्सा र बारा गरी करिब तीन दर्जन पेट्रोल पम्पमा पेट्रोल छैन भनी बोर्ड झुण्डयाइएको छ। सवारी चालकहरु पेट्रोल नपाएर समस्या खेप्न बाध्य भएको बताएका छन्। 

वीरगंज–१२ मुर्लीका कामेश्वर प्रसाद मोटरसाइकलको लागि पेट्रोल नपाएर हिजैदेखि आफनो मोटरसाइकल घरमै थन्काएर ईरिक्साले बजारमा आउजाउ गरिरहेका छन्। ‘हिजै देखि पम्पहरुमा तेल पाइरहेको छैन, रक्सौल ईरिक्सामा गएर फर्किदै छु,’ वीरगंज घण्टाघर नजिक भेटेका कामेश्वरले भने।

उनले सरकारी निकायको कारण जनताले सास्ती खेप्नु परेको गुनासो गरे। कतिपय पेट्रोल पम्पले कृत्रिम अभाव सृजना गरी अर्को बाटोबाट महगोमा तस्करसँग पेट्रोल बेच्न पनि पेट्रोल छैन लेखेको बोर्ड झुण्डियाउने गरेको बताए। ‘सोझा जनतालाई दिनमा भनिन्छ तेल छैन, रातीराती त्यही तेल ग्यालेन र ड्राममा सीमा कटाएर भारत पुर्‍याइन्छ,’उनले थपे।

यता, नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगंजका प्रमुख प्रदीप यादवले आज वीरगंज आसपासको लागि ८० हजार लिटर पेट्रोल लोड भएर वीरगंज भित्रेको बताए। बारा–पर्सामा दैनिक ८० हजार देखि १ लाख लिटर खपत्त हुनेमा आइओसि रक्सौल डिपोबाट आज ८० केएल पेट्रोल वीरगंज आएको र भोली विहान देखि पेट्रोलको अभाव खत्तम हुने बताए।

‘वीरगंजका पम्पहरुले स्टक राख्नु पर्ने हो,तर राख्दैनन् ,आइतवार भारतमा विदा हुन्छ, त्यसमा पनि रक्षाबन्धनका दिन तेल नआएर सोमवारदेखि पेट्रोलको अभाव भएको हो,’ उनले भने।

बढी पेट्रोल स्टकमा राख्दा पेट्रोल उड्छ भन्ने व्यवसायीमा डर छ, त्यही भएर उनीहरु बढी स्टक राख्दैनन्, एक दिन तेल आएन भने पम्पहरुमा पेट्रोल पाउन छोडछ,’ उनले प्रष्टयाए।

रोकिएन भारततर्फको इन्धनको तस्करी

पर्सा–बारामा तेलको अभाव सिर्जना हुनुमा एउटा कारण मध्येमा भारततर्फ हुने इन्धनको तस्करी पनि एक भएको नेपाल आयाल निगमका अधिकारीहरु बताउँछन्। उनीहरुका अनुसार जिल्लामा भारत तर्फ हुने तेल तस्करी रोक्न प्रहरी प्रशासन असफल सरहनै भएको अमलेखगंज डिपोका प्रमुख यादवले बताए। 

‘नेपाल भारतको खुल्ला सीमानाको कारण इन्धन तस्करीमा अंकुश लगाउन नसकिएको हो, यस विषयमा राज्यले समयन्त्र बनाई नियत्रण गर्नु जरुरी छ,’ उनले भने, ‘भारतभन्दा नेपालमा पेट्रोल डिजेल लिटरमा १० रुपैयाँ देखि १५ रुपैया सम्म सस्तो पर्ने भएकोले सीमा क्षेत्रका अधिकांश भारतीय जनता, मोटरसाइकल,जिप,कार,भ्यान र ट्रक नेपालमै तेल भर्न आउने गरेका छन्।’ यसले गर्दा नेपाली जनतालाई सास्ती र अभाव भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell