PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रहरीको काममा चित्त नबुझे डायल गर्नुस् १११३, २८ प्रहरी परे कारबाहीमा 



प्रहरीको काममा चित्त नबुझे डायल गर्नुस् १११३, २८ प्रहरी परे कारबाहीमा 

काठमाडौँ: तपाईँ प्रहरीको व्यवहारबाट आजित हुनुहुन्छ? प्रहरीले तपाईँको गुनासो नै सुनेको छैन? कुनै पनि प्रहरीको अनुसन्धान प्रति सन्तुष्ट हुनुभएको छैन? यस्तो अवस्थामा तपाईँ के गर्नुहुन्छ?

स्थानीय प्रहरी वा जिल्लामा कार्यरत प्रहरीको काम कर्तव्यबारे चित्त नबुझे सिधै प्रहरी प्रधान कार्यालयमा फोन गर्न सक्नुहुन्छ। आफ्नो गुनासो टिपाउन सकिन्छ।

प्रहरी प्रधान कार्यालयले सर्वसाधारणको गुनासोलाई मध्यनजर गर्दै प्रहरीको गुनासो शाखा सञ्चालन छ। १११३ नम्बरमा फोन गरेर तपाईँले प्रहरीप्रतिको गुनासो टिपाउन सक्नुहुन्छ।

सेवाको लागि टेलिफोन नम्बर ०१–४४१०१४४ वा निःशुल्क नम्बर १११३ मा डायल गर्न सकिने छ । प्रहरीको कामबारे असन्तुष्ट भएर गुनासो गर्नेको लागि केही समयदेखि सेवा सञ्चालन गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसी शैलेश थापा बताए। 

गत वैशाख महिना साउन अन्तसम्म २४० वटा प्रहरी माथिका गुनासोका आएका छन्। २०७४ सालमा ४७९ वटा प्रहरीको गुनासो फोनमार्फत नै टिपाइएको थियो। गुनासो मध्येबाट २८ जना प्रहरी समेत कारबाही गरेको एसएसी थापाले बताए। उनले भने,' गुनासोको आधारमा अनुसन्धान गर्दा प्रहरीको गल्ती देखिएकाले कारबाही गरेका हौँ।'

कारबाही पर्नेहरूमा जवानदेखि प्रहरी निरीक्षक समेत रहेका छन्।

प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरू आफ्नो काम कर्तव्यप्रति उदासीन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा वा झुट्टा उजुरी दर्ता गरेमा, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा, कानुन विपरीत थुनामा राखेमा, निर्दोष व्यक्ति पक्राउ परेको सम्बन्धमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरुपयोग गरी अनावश्यक दबाब दिएमा र व्यावसायिक ढङ्गले प्रहरी आचरण व्यवहार नगरेमा उक्त हटलाइनहरूमा उजुरी गर्न सकिने एसएसपी थापाले बताए।
 
प्रहरीले कुनै घटनाको उजुरी नलिएको, प्रभावकारी रूपमा अनुसन्धान नगरेको, प्रहरीको अनुसन्धानमा नै शङ्का जस्ता गुनासोहरू बढी आउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell