PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सिरहामा छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु



पहिलोपोस्ट

सिरहामा छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु

लहानः सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गएराति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते महतोलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढी नगरपालिका–८ गागन खोला पुलमा ज ८ प २१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय २२ वर्षीय गोविन्द ठाकुरको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरलाई पनि उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

त्यस्तै सिरहा नगरपालिका–७ मैसोथामा माछा पोखरीमा डुबेर स्थानीय ५० वर्षीय हितलाल मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell