PahiloPost

May 14, 2024 | १ जेठ २०८१

तालिबानद्वारा अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण



तालिबानद्वारा अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण
फोटो: EPA

काबुल: तालिबानी समूहले अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण गरेका छन्। अफगनिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले मुस्लिमहरुको महान पर्व इद अल अदाहका क्रममा प्रत्यक्ष प्रशारण मार्फत सम्बोधन गरिरहँदा दुर्इ वटा रेकट आक्रमण भएको गार्डियनले जनाएको छ। 

पहिलो रकेट राष्ट्रपति भवनको नजिकै प्रहार गरिएको थियो। यस्तै, दोस्रो रकेट नाटो र अमेरिकी दूतावासको कम्पाउन्डमा प्रहार गरिएको थियो। उक्त आक्रमणमा कोही घाइते नभएको प्रहरीले जनाएको छ। 

राष्ट्रपति घानीले सम्बोधन गरिरहेको प्रशारण भइरहँदा रकेटको आवाज सुनिएको थियो। आक्रमण पश्चात घानीले आफ्नो सम्बोधन बिचमै रोक्दै रकेट आक्रमणले आफूहरु कमजोर नहुने बताएका छन्। घानीले भने 'यदि उनीहरुले रकेट प्रहार गरेर अफगानिस्तान झुक्ने सोचेका छन् भने, तिनीहरु गलत छन्।'

तालिबानले उक्त घटनाका सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन। तर प्रहरीले भने आक्रमण तालिबानी समूहले गरेको दाबी गरेका छन्।

रकेट प्रहार गरिएको स्थान काबुलको सबैभन्दा सुरक्षित स्थानहरु मध्ये एक रहेको जनाइएको छ। उक्त क्षेत्रमा विभिन्न राष्ट्रहरुका दूतावास र अफगानी सरकारका कार्यालयहरुलार्इ ठूला पर्खाल र रेजर वायरले घेरिएको छ।

रकेट आक्रमण पश्चात अमेरिकी दूतावास बन्द गरिएको छ भने संवेदनशील रहेका सरकारी र अरु कार्यालयहरु बन्द गरिएको छ।  

काबुल प्रहरीका प्रवक्ताले उनीहरुले मंगलवार एक मस्जिद नजिकैको घरमा शंकास्पद गाडी देखिएको र उक्त घरबाटै रकेट आक्रमण भएको हुनसक्ने बताएका छन्। प्रहरी र सेनाले हाल उक्त स्थानमा अनुसन्धान गरिरहेको बताइएको छ। 

अफगानिस्तानका राष्ट्रपतिले आइतवार तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गरेका थिए। तर सोमवार नै अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतंककारी समूहले तीन वटा यात्रुवाहक बस अपहरण गरेका थिए। अपहरणमा परेको बसहरुमा रहेका १५० भन्दा बढी यात्रुलार्इ सुरक्षाकर्मीहरुले उद्दार गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell