PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आठ संवैधानिक आयोग गठन प्रक्रिया एकैसाथ सुरु, परिषदले माग्यो अध्यक्ष र सदस्यको दरखास्त



पहिलोपोस्ट

आठ संवैधानिक आयोग गठन प्रक्रिया एकैसाथ सुरु, परिषदले माग्यो अध्यक्ष र सदस्यको दरखास्त

काठमाडौँः सरकारले विभिन्न आठ संवैधानिक आयोग गठन प्रक्रियालाई एकै पटक अघि बढाएको छ। संविधान जारी भएको झन्डै तीन वर्षपछि सरकारले आयोग गठनको प्रक्रिया अघि बढाएको हो।

संवैधानिक परिषद्को सचिवालयले विज्ञ समूहबाट दरखास्त समेत आह्वान गरेको छ। संवैधानिक निकायका अध्यक्ष र सदस्यहरूको रिक्त विवरणसहित परिषद्ले रोष्टर तयार पार्ने प्रयोजनका लागि दरखास्त माग गरेको हो। दरखास्तको समयावधि भने तोकिएको छैन। सबै आयोगमा एक अध्यक्ष र चार सदस्य पद रिक्त छ।

परिषद्को सूचना अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग, र मुस्लिम आयोग गरेका छन्।

महिला र दलित आयोग यसअघि पनि प्रचलनमा थिए। अन्य आयोगहरू भने नयाँ संविधान जारी हुने क्रममा थपिएका हुन्। समावेशी, आदिवासी, जनजाति, मधेशी, थारु तथा मुस्लिम आयोगहरूको कार्य प्रगति र उद्देश्य मूल्याङ्कन गरी दश वर्षमा पुनरावलोकन गर्नेगरि गठन भएका हुन्।

 

कसरी दिने दरखास्त?

दरखास्त अनलाइनबाट मात्र दिन मिल्नेछ। जसका लागि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा गई संवैधानिक परिषद्को लिङ्कका जानुपर्नेछ।

उक्त लिङ्कबाट गएर जुन पदका लागि आह्वान गरेको हो सो पदका लागि दरखास्त दिन सकिनेछ । एकभन्दा बढी पदमा दरखास्त दिनका लागि फरक फरक फारम भर्नुपर्नेछ।


कति चाहिन्छ योग्यता

आयोगको अध्यक्ष वा सदस्य पदको योग्यता संविधानले तोकेको छ। संवैधानिक व्यवस्था अनुसार सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हुनुपर्नेछ।

यस्तै, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको, ४५ वर्ष उमेर पुगेको व्यक्तिले आयोग पदाधिकारीमा आवेदन दिन सक्नेछन्। आवेदक कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell