PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बिम्स्टेक महासन्धि संसदबाट अनुमोदित



बिम्स्टेक महासन्धि संसदबाट अनुमोदित

काठमाडौं: प्रतिनिधि सभाबाट बिम्स्टेक महासन्धि अनुमोदित भएको छ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभामा प्रस्तु्त गरेको ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धिलाई अनुमोदन गरिएको छ।

महासन्धिको प्रावधानमाथि छलफलसमेत भएको थियो।

यसैगरी बैठकमा “जनस्वास्थ्य विधेयक, २०७५, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले “आवासको अधिकार सम्बन्धी विधेयक, २०७५”पेस गरेका छन्।

“भुक्तानी तथा फर्स्यौट विधेयक, २०७५, “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, विधेयक, २०७५, “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५, लगायतका विधेयकरुलाई लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि एक बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell