PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीको ताण्डव! सरकारी अनुगमन टोली थुनियो



पहिलोपोस्ट

कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीको ताण्डव! सरकारी अनुगमन टोली थुनियो

काठमाडौँः सोमबार एकाबिहानै देशको एकमात्र ठूलो फलफूल तथा तरकारी बजार कालिमाटीमा ताण्डप मच्चियो। बिहान करिब ३ बजेतिर बजार अनुगमन टोलीले तरकारी बोकेर आएका दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यापारी आक्रोशित बनेका थिए।

सोमबार बिहानै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी र व्यापारीहरुबीच विवाद भएको थियो। तरकारी बोकेर आएका बा ६ च ९६४ र ना ४ च ६६३४ को सवारीको आवश्यक कागजपत्र नभएपछि अनुगमन टोलीले नियन्त्रणमा लिँदा विवाद बढेको थियो। व्यापारीले अनुगमन टोलीलाई केही समय कोठामा थुनेका थिए। प्रहरी टोली पुगेर उनीहरूलाई कोठाबाट छुटाइएको थियो।

सरकारले व्यापारीहरू माथि दमन गरेको कालिमाटीको ३७ नम्बरमा तरकारी पसल गर्न व्यापारी श्यामकान्त पौडेल बताउँछन्। पौडेलले भने, 'बिना कारण नै अनुगमनको नाममा तरकारीका दुईवटा ट्रक नियन्त्रणमा लिइयो। हामी आन्दोलनमा छौँ। सरकारले क्षति भएका तरकारीको क्षतिपूर्ति दिनुपर्छ।'

 व्यापारी पौडेल आफूहरू बजारको मूल गेटमा धर्ना गरी बसेकाले अनुगमनकारी पर्खाल नाघेर भागेको बताउँछन्।

बिलबिजक नभएका दुईवटा ट्रकहरू नियन्त्रणमा लिइएको अनुगमनमा पुगेका एक सदस्य माधव तिमिल्सिनाले बताए। 'हामी तरकारी बजारमा पुगेर अनुगमन गर्न व्यापारी बाधक बने। हामीलाई ठूलो व्यापारिक समूहले बन्धक बनाए' तिमिल्सिनाले भने।

सुरक्षाकर्मीको समूहले अनुगमनकारीलाई छुटाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell