PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

 किम जोङ उनले गरे अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना



 किम जोङ उनले गरे अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना
फोटो : AFP

सिओल: उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै उक्त कदमको कडा शब्दमा आलोचना गरेका छन्। उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार किमले उत्तरी क्षेत्रमा निर्माणाधीन परियोजनाको निरीक्षणका क्रममा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाको सकारात्मक पहललाई अझै बुझ्न नसकेको बताएका छन्। 

बाबु किम जोङ इलको जन्मस्थान साम्जीयोन काउन्टीमा सञ्चालित विकास परियोजनास्थलको पत्नीसहित उच्च अधिकारीका साथमा किमले निरीक्षण गरेका थिए। 

निरिक्षणका क्रममा किमले, 'दुश्मनले लगाएको प्रतिबन्ध र अबरोधका क्रियाकलापहरुले हाम्रो समाजवादमाथिको विकासमा गम्भीर बाधा उत्पन्न गरिरहेका छन्। कठिन परिस्थितिमा पनि महान नेताको नेतृत्वमा आमजनताले ऐतिहासिक सफलता प्राप्त गर्नेमा हामी ढुक्क छौं।' भनेको केसीएनएले जनाएको छ। 

गत साता किमले पूर्वी तटीय क्षेत्रमा निर्माणाधीन वोन्सान-कल्माको निरीक्षणका क्रममा पनि दुश्मनहरुले लुटेरा शैलीमा अबरोध गरेको आरोप लगाएका थिए । 

किमले अमेरिकाका तर्फबाट दबाब सिर्जना गर्न विगतमा उत्तर कोरिया विरुद्ध लगाइएका आर्थिक तथा अन्य प्रतिबन्धहरु खुला गर्नुको साटो अझ कडा पारेको भन्दै आलोचना गर्दै आएका छन्। 

अमेरिकी अर्थ मन्त्रालयले बुधबार मात्र उत्तर कोरियामाथि लगाइएका आर्थिक अबरोधलाई बेवास्ता गर्ने चिनीया र रुसी फर्ममाथि नयाँ प्रतिबन्धहरु लगाएको थियो। रासस/योन्हाप

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell