PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्रिकेटबाट विश्व जितेका इमरान खान पाकिस्तानको २२औँ प्रधानमन्त्री नियुक्त, शनिवार शपथ हुने



पहिलोपोस्ट

क्रिकेटबाट विश्व जितेका इमरान खान पाकिस्तानको २२औँ प्रधानमन्त्री नियुक्त, शनिवार शपथ हुने

क्रिकेटबाट विश्व विजेता पूर्व क्रिकेट कप्तान इमरान खान पाकिस्तानको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।  पाकिस्तान तेहरिक-ए-इनसाफ (पीटिआई) का अध्यक्ष रहेका खान पाकिस्तानको २२औँ प्रधानमन्त्री बनेका हुन्।

राष्ट्रिय सभाका प्रवक्ता असद क्वाइसरले मत गणनापछि प्रधानमन्त्रीको नाम घोषणा गरेका हुन्। राष्ट्रिय सभामा भएको मतदानमा खानले १७६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी पाकिस्तान मुस्लिम लिग नवाजका शेहबाज शरिफले ९६ मत पाए।

उनका पार्टी पीटिआईले जुलाईमा भएको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको थियो।

आफ्नै पार्टी स्थापना गरेको दुई दशकपछि साना पार्टीहरुको सहयोगमा सन् १९९२ को विश्वकप क्रिकेट विजेता इमरान खान प्रधानमन्त्री बनेका हुन्।

खानको शपथ शनिवार हुनेछ। ६५ वर्षिय खानले पाकिस्तानलाई नयाँ पाकिस्तान बनाउने यसअघि नै बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell