PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

दिनमा चलाउन निषेध गरिएको टिपरले रातमै लियो बटुवाको ज्यान



रासस

दिनमा चलाउन निषेध गरिएको टिपरले रातमै लियो बटुवाको ज्यान
फाइल फोटो

काठमाडौँ : सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो। 

टिपर चालकको लापर्वाहीका कारण दुर्घटनामा परी मर्नेक्रम बढेपछि हालै दिनमा टिपर चलाउन निषेध गरिएको छ। रातमा समेत टिपर चालकको लापर्वाहीले ज्यान लिएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए। ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell