PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'जयनगर-जनकपुर रेलमार्गमा कुद्न थाल्यो रेल, परीक्षण सकिएपछि पुसदेखि नियमित चलाउने तयारी'



दिनेश खड्का

'जयनगर-जनकपुर रेलमार्गमा कुद्न थाल्यो रेल, परीक्षण सकिएपछि पुसदेखि नियमित चलाउने तयारी'

काठमाडौँः जयनगर¬जनकपुर रेलमार्गको परीक्षण सुरु भएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेज रेलमार्ग बिछ्याउने काम करिब अन्तिम अवस्थामा पुर्‍याएसँगै परीक्षण सुरु गरेको हो।

बुधबार जयनगरदेखि -खजुरी करिब ९ किलोमिटर खण्डको परीक्षण गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले जानकारी दिए।

उनका अनुसार आज थप १० किमी खण्डको थप परीक्षण भइरहेको छ। यसपछि बाँकी  सबै खण्डको परीक्षण गरिने रेल विभागले जनाएको छ।
जनकपुर-जयनगर ३५ किलोमिटर लामो रेलमार्ग आगामी पुसबाट सञ्चालन गर्ने रेल विभागको तयारी छ। यसका लागि भारतबाट चालक र ब्रोडगेज रेल भाडामा लिएर सञ्चालन गर्ने गरी तयारी भइरहेको रेल विभागले जनाएको छ।

विभागका सिडिर्इ उपाध्यायका अनुसार भारतसँग वेट लिजको स्याम्पल डकुमेन्ट मागिएको छ। उक्त डकुमेन्ट आएपछि प्रक्रिया अघि बढ्ने छ।
भारतमा ब्रोडगेज रेल सञ्चालनमा रहेको र अहिले निर्माणाधीन रेलमार्ग पनि ब्रोडगेज नै भएकाले भारतीय रेल भाडामा लिएर सञ्चालन गर्न लागिएको  छ। भारतको १० अर्ब रुपैयाँ सहयोगमा यो खण्डको रेलमार्ग निर्माण भइरहेको छ।

१० वटा डब्बा तान्ने इन्जिन सहितको रेल लिजमा लिन लागिएको विभागले जनाएको छ। वेट लिज मोडलमा रेल मार्ग सञ्चालन गर्न लागिएको हो।
यस्तो मोडलमा रेल मार्ग सञ्चालन गर्दा निश्चित अवधिका लागि लिर्इन्छ।यो अवधिमा नेपाली प्राविधिकरइन्जिनियरहरुलार्इ  तालिम दिएर दक्ष बनाइन्छ।

करिब डेढ वर्षका लागि लिजमा लिन लागिएको विभागले जनाएको छ।  विभागका अनुसार डेढ वर्षमा नेपाली प्राविधिकहरू रेल चलाउनका लागि दक्ष हुने र नेपालले आफैँ डब्बा किनेपछि आफ्नै रेल सञ्चालनमा आउने छ।

यस वर्ष बजेटमा ५० करोड रुपैयाँ सरकारले रेलको डिब्बा किन्नलाई छुट्ट्याएको छ। रेलको डिब्बा किन्न २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ५० करोडमा रेल किन्न नसक्ने भएपछि भारतसँग लिजमा लिएर रेल चलाउने तयारी भइरहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell