PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

प्रकाण्ड पक्राउ प्रकरण: अनुसन्धानका लागि ५ दिन म्याद थप



प्रकाण्ड पक्राउ प्रकरण: अनुसन्धानका लागि ५ दिन म्याद थप

काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। पूर्वमन्त्रीसमेत रहेका विकलाई अदालतबाट पाँच दिनको म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बुधवार पक्राउ गरेको थियो।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट समातिएको हो। उनले  ७ करोड रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको छ। चुनावअघिदेखि नै अर्ध भूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन नेकपा - माओवादी (मोहन वैद्य किरण समूह)बाट फुटेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell