PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रिसभाको दिगो विकास तथा सुशासन समितिले छलफलका लागि बोलायो गृह र अर्थमन्त्रीलाई 



राष्ट्रिसभाको दिगो विकास तथा सुशासन समितिले छलफलका लागि बोलायो गृह र अर्थमन्त्रीलाई 

काठमाडौंः संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले अर्थ मन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ । 

समितिको मंगलबार बसेको पहिलो बैठकले दिगो विकाससम्बन्धि कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी लिन गृहमन्त्री थापासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको हो। 

संयुक्त राष्ट्र संघ र संविधानमा व्यवस्था गरिए बमोजिम दिगो विकासका लागि सरकारको कार्ययोजनाबारे जानकारी दिन अर्थ मन्त्री खतिवडालाई बैठकमा बोलाउने निर्र्णय भएको समितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिए। शर्माको अध्यक्षतामा समितिको बैठक बसेको हो। बैठकलेसुशासनका विषयमा छलफल गर्न गृहमन्त्री थापालाई बोलाउने निर्णय गरेको उनले जानकारी दिए। 

बैठकमा समितिका सदस्यहरुले संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धि सूचक र नेपाल सरकार आफैले पनि बनाएको सूचक अनुसारको कामलाई अघि बढाउन आवश्यक छलफल गर्न अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग छलफल गर्न आवश्यक हुने धारणा राखेका थिए। 

समितिका सदस्यहरुले दिगो  विकास र सुशासनसम्बन्धि सरकारको कार्य योजना जानकारी लिएपछि मात्रै समितिको कार्ययोजना बनाउन उपयुक्त हुने धारणा पनि राखेका थिए। दिगो विकास तथा सुशासन समितिको कार्य क्षेत्र भित्र नेपाल सरकारले अख्तियार गरेको दिगो एवम् सन्तुलित विकास र सुशासन प्रवद्र्धन सम्बन्धि विषय रहेका छन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell