A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6996a9d133cbf7.36056653): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6996a9d133cbf7.36056653,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

प्रहरी ‘इन्काउन्टर’मा दुई अपहरणकारी मारिए
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

प्रहरी ‘इन्काउन्टर’मा दुई अपहरणकारी मारिए



सविन ढकाल

प्रहरी ‘इन्काउन्टर’मा दुई अपहरणकारी मारिए

काठमाडौं: काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणमा संलग्न दुई जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ।

अपहरणकारी २३ वर्षीय अजय तामाङ र २२ वर्षीय गोपाल तामाङको प्रहरीको गोली लागी मृत्यु भएको महानगरीय कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए। सूर्यविनायक ८ स्थित पाइलट बाबाको आश्रम जानेबाटोमा प्रहरी विच इन्काउन्टर भएको थियो। घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र दुई थान गोलीसमेत बरामद गरेको थियो।

डिआइजी न्यौपानेले भने' अपहरणकारीको पिछा गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्ने खोज्दा प्रहरीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो।'

अपहरणमा गरिएको भनिएका ११ वर्षीय खड्काको हत्या भएको खुलेको छ। खड्काको शव थिमिमा भेटिएको प्रहरीले जनाएको छ।

आइतबार साँझदेखि हराएका बालक अपहरणमा परेको र ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको छ।

सिन्धुपाल्चोक घर भएका बालककी आमा केही वर्षदेखि चियापसल गर्दै आएकी छिन्। उनका बाबु वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell