PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अपहरित बालक मृत अवस्थामा फेला, अपहरणकारी पक्राउ गर्न प्रहरीले खोल्यो 'फायरिङ'



सविन ढकाल

अपहरित बालक मृत अवस्थामा फेला, अपहरणकारी पक्राउ गर्न प्रहरीले खोल्यो 'फायरिङ'

काठमाडौं: काठमाडौको काँडाघारीबाट अपहरणमा गरिएको भनिएका ११ वर्षीय निशान खड्काको हत्या भएको खुलेको छ। खड्काको शव थिमिमा भेटिएको प्रहरीले जनाएको छ। निर्माणाधीन घरभित्र गाडिएको अवस्थामा बालकको शव भेटिएको छ।

अपहरणकारी भाग्न खोज्दा प्रहरीले फायरिङ खोलेको थियो। गोली लागि दुई जना घाइते समेत भएका छन्। उनीहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली चलाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए। 

अजय तामाङ र गोपाल तामाङ प्रहरीको गोली लागी घाइते भएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले संयक्त रुपमा बालकको खोजी गरिरहेको छ।

चिनेजानेकाले नै अपहरण गरेको हुनसक्ने आशंकामा प्रहरीले एक महिला सहित दुई जनालाई नियन्त्रणमा लिएको हो। 

आइतबार साँझदेखि हराएका बालक अपहरणमा परेको र ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको छ।

सिन्धुपाल्चोक सिन्धुपाल्चोक ज्यामिरेका खड्काकी आमा चमेली केही वर्षदेखि चियापसल गर्दै आएकी छिन्। उनका बाबु गणेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell