PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओडिआईमा नेपालको रेकर्डहरु



पहिलोपोस्ट

ओडिआईमा नेपालको रेकर्डहरु
फोटो : ramanshiwakoti/icc/espncricinfo

काठमाडौं : रन र विकेटको खेल हो क्रिकेट। अन्तिम बल र विकेट रहेसम्म क्रिकेटको रोमाञ्चकता कायम रहिरहन्छ। अन्तिम बल र विकेट नसकिएसम्म क्रिकेट खेल कसले जित्छ भन्न गाह्रो हुन्छ।

नेपालले पनि धेरै खेलमा यस्तै रोमाञ्चक जित हात पारिसकेको छ।

पछिल्लो पटक नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्स विरुद्ध हात पारेको १ रनको रोमाञ्चक जित नेपालको लागि ऐतिहासिक बनेको छ र लामो समयसम्म यसको याद कायमै रहिरहनेछ।

किनकी नेपालले पहिलो ओडिआई जित हात पार्ने क्रममा नेदरल्याण्ड्समाथि १ रनको शनसनी जित निकाल्यो।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको दुई दशकभन्दा बढी समयपछि पहिलो पटक ओडिआई स्ट्याटस पाएको नेपालले डच टोलीसँग २ खेलको पहिलो ओडिआई सिरिज खेल्‍यो। पहिलो खेलमा ५५ रनले पराजित भएपनि दोस्रो खेलमा नेपालले जित हात पार्दै सिरिजमा १-१ को बराबरी गर्‍यो।

हरेक बल र विकेट रोमाञ्चकता प्रदान गर्ने क्रिकेट खेलमा विभिन्न खाले रेकर्ड हुन्छ।

नेपालले पहिलो पटक ओडिआई खेलेकाले नेपाली टिम र खेलाडीका लागी पनि ओडिआई रेकर्ड महत्वपूर्ण र सम्झनलायक हुन्छ। सबै खेलाडी पहिलो ओडिआई रेकर्ड आफ्नो नाममा बनो भन्ने चाहन्थे।

सन् १९८६ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि पहिलो पट ओडिआई स्ट्याटस पायो र त्यसको साँढे ४ महिनापछि नेपालले पहिलो ओडिआई सिरिज खेल्यो। त्यसको पनि दोस्रो खेलमा नेपालले पहिलो जित हात पार्‍यो।

नेदरल्याण्ड्स गएका १५ सदस्यीय नेपाली खेलाडीमध्ये १४ खेलाडीले ओडिआईमा डेब्यु गर्दा ललित राजवंशीले भने डेब्यु गर्न अझै कुर्नपर्ने भएका छन्। उनले दुवै खेल खेल्न पाएनन्।

पहिलो ओडिआई सिरिज पछि नेपाली खेलाडीले बनाएको रेकर्ड यस्ता छन्।

 

नेपाली खेलाडीको यी रेकर्ड जुन कहिल्यै परिवर्तन हुनेछैन

पहिलो विकेट लिने खेलाडी : सोमपाल कामी

पहिलो रन हान्ने खेलाडी : ज्ञानेन्द्र मल्ल

पहिलो मेडन ओभर फ्याँक्ने खेलाडी : सोमपाल कामी

पहिलो चौका हान्ने खेलाडी : ज्ञानेन्द्र मल्ल

पहिलो छक्का हान्ने खेलाडी : दीपेन्द्र सिंह ऐरी

पहिलो अर्धशतक प्रहार गर्ने खलाडी : ज्ञानेन्द्र मल्ल

पहिलो क्याच लिने खेलाडी : आरिफ शेख

पहिलो आउट हुने खेलाडी : अनिल कुमार शाह

विकेट लिने पहिलो स्पीनर : सन्दीप लामिछाने

 

अन्य रेकर्डहरु

ओडिआई डेब्युमा ४ विकेट लिने विश्वकै दोस्रो खेलाडी : पारस खड्का

पारसले ओडिआई डेब्यु गर्ने कप्तानमध्ये सबैभन्दा राम्रो बलिङ प्रदर्शन गरे। जिम्बावेमा कप्तान डनकन फ्लेचरले १९९३ मा अष्ट्रेलिया विरुद्ध डेब्यु गर्दै ४२ रन खर्चेर ४ विकेट लिएका थिए।

सबैभन्दा कम बल (३६) मा अर्धशतक प्रहार गर्ने खेलाडी : सोमपाल कामी

आठौँ नम्वर ब्याटिङ गर्दै अर्धशतक बनाउने खेलाडी : सोमपाल कामी

नेपालको लागि एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी : सोमपाल कामी (६१ रन)

एकै खेलमा सर्वाधिक (३) छक्का प्रहार गर्ने खेलाडी : सोमपाल कामी

डेब्युमा शुन्यमा आउट हुने खेलाडी : सोमपाल कामी, आरिफ शेख< बसन्त रेग्मी, करण केसी

पहिलो म्यान अफ दि म्याच : सोमपाल कामी (नेदरल्याण्ड्स विरुद्ध दोस्रो खेलमा)

ओडिआईमा सर्वाधिक रन बनाउने खेलाडी : ज्ञानेन्द्र मल्ल (६४ रन)

सर्वाधिक विकेट लिने खेलाडी : पारस खड्का (५ विकेट)

ओडिआईमा डेब्यु गर्ने विश्वकै चौथो कान्छो खेलाडी : रोहित कुमार पौडेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell