PahiloPost

May 14, 2024 | १ जेठ २०८१

सुनुवाइबाट अस्वीकृत भएपछि कामु प्रधानन्यायाधीश जोशी बिदामा, आजदेखि मिश्रले पेसी तोक्ने



पहिलोपोस्ट

सुनुवाइबाट अस्वीकृत भएपछि कामु प्रधानन्यायाधीश जोशी बिदामा, आजदेखि मिश्रले पेसी तोक्ने

काठमाडौँः संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि कायम मुकायम प्रधानन्यायाधीश दीजकराज जोशी आजदेखि बिदामा बसेका छन्। संवैधानिक प्रावधान अनुसार शनिबार साँझ कामु प्रधानन्यायाधीश जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बिदामा बस्ने जानकारी गराएका हुन्। उनले १५ दिनका लागि बिदामा बस्ने जानकारी गराएका छन्।

पढ्नुस्ः संसदीय सुनुवाईको इतिहासमा पहिलो पटक प्रधान न्यायाधीश अस्वीकृत

 

तर, जोशी निकटहरूका अनुसार भावी प्रधानन्यायाधीशको टुङ्गो नलागेसम्म जोशी बिदामा बस्नेछन्।

जोशी बिदामा बसेपछि सर्वोच्चको दैनिक पेसी व्यवस्थापनको जिम्मेवारी न्यायाधीश ओमप्रकाश मिश्रले गर्नेछन्। संविधान अनुसार आइतबारदेखि जोशी स्वतः कामु प्रधानन्यायाधीश बन्नेछन्। कामुकै हैसियतले उनले पेसी तोक्नेछन्।

यसअघि संवैधानिक परिषदमा सिफारिस गरिएको रोलक्रम अनुसार मिश्र भावी प्रधानन्यायाधीशको लाइनमा पहिलो नम्बरमा छन्। परिषदमा मिश्रसँगै अर्का न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम पनि प्रस्तावित प्रधानन्यायाधीशको सूचीमा छ। कायम रहेको रोलक्रम अनुसार प्रधानन्यायाधीश नियुक्त भए अब जबरा पुसपछि प्रधानन्यायाधीश बन्नेछन्।

पढ्नुस्ः विज्ञप्ति जारी गर्दै कामु प्रधानन्यायाधीश जोशीले भने: ममाथि खुँडा चलाइयो, निष्पक्ष छानबिन होस्

यसअघि शनिबार एक विज्ञप्ति जारी गर्दै कामु प्रधानन्यायाधीश जोशीले संसदीय सुनुवाइ समितिले आफूमाथि अन्यायपूर्ण रूपमा निर्णय गरेको टिप्पणी गरेका छन्। समितिले उचित अनुसन्धान र तथ्य सङ्कलन बिना नै निर्णयमा पुगेको भन्दै जोशीले असन्तुष्टि जनाएका हुन्। उनले आफ्ना शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनका लागि सरकार र संवैधानिक परिषद्को ध्यानाकर्षण समेत गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell