PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आज अन्तर्राष्ट्रिय लाटोकोसेरो सचेतना दिवस : लाटोकोसेरो सम्बन्धी रमाइला जानकारी



आज अन्तर्राष्ट्रिय लाटोकोसेरो सचेतना दिवस : लाटोकोसेरो सम्बन्धी रमाइला जानकारी

  • राजु आचार्य-

नेपालमा २३ प्रजातिका लाटोकोसेरोहरू अभिलेख गरिएका छन्। वन बिनास, अवैध चोरी सिकार/व्यापार, आहारा प्रजातिमा विषादीको प्रयोग यिनका संरक्षणक लागि मुख्य चुनौतीहरू हुन्।

संसारका केही देशहरूले यिनको संरक्षणको लागि भनेर 'अन्तर्राष्ट्रिय लाटोकोसेरो सचेतना दिवस' मनाउने गरेका छन्। मुसाको सङ्ख्या नियन्त्रण गरेर कृषिमा सहयोग गर्ने भएकोले यिनलाई 'किसानको साथी' पनि भनिन्छ।

आउनुस् हामीलाई सहयोग मात्रै गर्ने यी चराका केही रमाइला तथ्यका बारेमा चर्चा गरौँ:

 

• लाटोकोसेरोको समूहलाई ‘संसद्’ भनिन्छ।

• ठुला लाटोकोसेरोहरूले सानो लाटोकोराहरूलाई समेत मारेर खाने गर्दछन्।

• गोठ लाटोकोसेरोको प्रजातिले जीवनभर एकै जनासँग समय बिताउँछन्, भाले वा पोथी मर्‍यो भने तनावमा रहन्छन् र कहिलेकाहीँ मर्छन् पनि।

• नेपालमा पाइने लाटोकोसेराहरूमध्ये भासोलुक प्रजातिले मात्रै गुँड बनाउने गर्दछन्

• बच्चाहरू हुर्काउने समय तथा हिउँदका लागि भनेर खाना सञ्चय गर्ने अनौठो बानी समेत हुन्छ।

• आवाज ननिकाली उड्न सक्छन्।

• बिहान उठ्ने बित्तिकै चुच्चोले प्वाँखहरू मिलाउने गर्दछ जुन घण्टौँसम्म गरिरहन्छन्।

• नेपालमा पाइने २३ प्रजातिहरूमध्ये लघु कर्ण लाटोकोसेरो मात्र बसाइँ सराइ गर्दछन्।

• आँखा चलाउन सक्दैनन् यसैले टाउको नै हल्लाएर सबैतिर हेर्ने गर्दछ।

• गोठ लाटोकोसेरोको औसत आयु १० वर्ष मानिन्छ।

• टाढाको सजिलै देख्न सक्छन् तर, नजिकको गाह्रो पर्छ।

• संसारको सबभन्दा सानो लाटोकोसेरो ‘एल्फ’ ले पात र फलफूलसमेत खान्छ ।

• सबैचराले दिउँसो हेप्ने भएकाले राति मात्र निस्कने कैलालीको माघी गाउँमा विश्वास गर्छन्।

• अमेरिका र क्यानडामा पाउने लाटोकोसेरोहरूको प्रजाति (१९) भन्दा बढी नेपालमा पाइन्छन्।

• यिनीहरू कराएर वा अनुहार परिवर्तन गरेर एक अर्कामा सञ्चार गर्छन्।

• पोथीहरू भालेको तुलनामा ठुलो, बढी तौल तथा आक्रामक हुन्छन्।

• प्रजननको  बेला यिनको आवाज १ (१.६ किलोमिटर) माइलपरसम्म सुनिन्छ।

• यिनको अवशेष ५८ मिलियन वर्ष अगाडिको भेटिएको थियो। जसअनुसार तीन फिट अग्लासम्म लाटोकोसेराको प्रजाति पाइन्थ्यो।

• ब्रायन हडसनले (सन् १८२४–१८४४)अभिलेख गरेको पिंगल लाटोकोसेरो नेपालमा हालसम्म भेटिएको छैन। यो प्रजाति नेपालबाट लोप भएको अनुमान गरिएको छ।

• मृत भाषाको रूपमा चिनिने ल्याटिन भाषामा लाटोकोसेरोको लागि सात वटा नाम दिइएको छ। उलुला त्यसमध्ये एक हो।

• भारतमा ३०, भुटानमा १९, पाकिस्तानमा १९, माल्दिभ्समा १ ,बङ्गलादेशमा १५, श्रीलंकामा ८ प्रजातिका लाटोकोसेराहरू पाइन्छन्।

• भासोलुक प्रजातिको लाटोकोसेरोले दुम्सीको समेत सिकार गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell