PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेदरल्याण्ड्ससँग उत्कृष्ट बलिङ गरेर पनि नेपाल हार्नाका ५ कारण



गोविन्दराज नेपाल

नेदरल्याण्ड्ससँग उत्कृष्ट बलिङ गरेर पनि नेपाल हार्नाका ५ कारण

 

काठमाडौँ : पहिलो ओडिआई खेलमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित हुँदा नेपालको कमजोरी छताछुल्ल भयो। यसअघि कमजोर देखिएको ओपनिङ ब्याटिङमा यस पटक केही सुधार हुँदा बाँकी ब्याटिङ पुरै फ्लप रह्यो। जसले गर्दा १९० रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभर समेत खेल्न सकेन र १३४ रनमा अलआउट हादै ५५ रनले पारजित भयो।

नेपालका लागि कप्तान पारस खड्काले ४ विकेट लिनु, ज्ञानेन्द्र मल्लले अर्धशतक बनाउनु, सोमपालले पहिलो विकेट लिनुका साथै ३ विकेट लिनु र दीपेन्द्र ऐरीले पहिलो छक्का प्रहार गर्नु सकरात्मक र सम्झनलायक पक्ष रहेपनि बाँकी भने बिर्सनलायक नै रह्यो। टस हारेको नेपालले बलिङ राम्रो प्रदर्शन गरेपनि ब्याटिङ भने फ्लप नै भयो।
 

नेदरल्याण्ड्ससँग उत्कृष्ट बलिङ गरेर पनि हार्नाका कारण यस्ता छन्।

बास डे लिड र रिप्पोनको साझेदारी

खेलको तेस्रो ओभरमै सोमपाल कामीले विकेट लिएपछि नेपालले लगातार विकेट लिँदा नेदरल्याण्ड्स ७२-४ को अवस्थामा थियो। तर पाँचौ विकेटका लागि बास डे लिड र माइकल रिप्पोनले ६८ रनको साझेदारी गर्दै डच इनिङ्स उकासे। जसले गर्दा नेदरल्याण्ड्सले स्कोर बढाउने मौका पाएको थियो। नेपाललले यी दुईको साझेदारी अझै चाँडो तोड्न सकेको भए कम स्कोरमा रोक्न सक्थ्यो।

 

ज्ञानेन्द्र र पारसको विकेट

१९० रनको लक्ष्य पाएपछि नेपालले सजिलै खेल जित्छ भन्ने धेरैलाई लागेको थियो। उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल शाहले सुरुवात पनि राम्रै गरेका थिए। पहिलो विकेटका लागि नै अर्धशतकिय साझेदारी गर्दै यी दुईले ५८ रन जोडेका थिए। अनिल २१ रन बनाएर आउट भएपछि क्रिसमा ज्ञानेन्द्र र पारसको जोडी हुँदा धेरैलाई यी दुई राम्रो साझेदारी गर्ने आश राखेका थिए। तर १९औँ ओभरमा पारस खड्का (१२) र २०औँ ओभरमा ज्ञानेन्द्र (५१)  रनमा आउट भएपछि नियमित अन्तरमा नेपालको विकेट झर्‍यो।

 

फ्लप मिडल अर्डर

नेपालको मिडल अर्डर नेदरल्याण्ड्स विरुद्ध पूर्ण रुपमा फ्लप रह्यो। शीर्ष चार स्थान बाहेकका अन्य खेलाडीले दोहोरो स्कोर समेत गर्न सकेनन्।

८५ रन हुँदा २ विकेट गुमाएको नेपालले १२३ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो। मिडल अर्डरमा ब्या६ङ गरेका चार खेलाडीले खाता समेत खोल्न सकेनन्। आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी र करण केसी शुन्यमा आउट भए। नेपालले अन्तिम ४९ रनको लागि ८ विकेट गुमाएको थियो।

 

शरदको चोट

नेपाली टोलीको मध्यक्रमममा ब्याटिङ गर्ने र फिनिसरको उपनाम पाएका शरदबाट नेपाली टोलीले ठूलो आशा राखेको थियो। तर फिल्डिङ गर्ने क्रममा पहिलो इनिङ्समा चोट लागेपछि उनले आफ्नो पोजिसनमा ब्याटिङ गर्न पाएनन् र ११औँ अर्थात अन्तिम नम्बरमा औपचारिकताका लागि ब्याटिङ गरे। जतिखेर नेपाल हारनजिक पुगिसकेको थियो। उनले १५ बल खेल्दै ४ रन बनाएर आउट भए।

 

रोहितको अभाव

गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन टु देखि नेपाली टोलीका लागि डेब्यु गरेका युवा खेलाडी रोहित कुमार पौडेलले त्यसयता नेपाली टोलीका लागि राम्रो प्रदर्शन गरिरहेका छन्। डिभिजन टुर सहित मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। वर्ल्डकप क्वालिफायमरा उनले कप्तान पारस पछि सर्वाधिक रन बनाएका थिए। विनोद भण्डारी राष्ट्रिय टिमबाट बाहिरिएपछि मिडल अर्डरमा राम्रो पकड बनाएका रोहितले नेपालको पहिलो ओडिआई खेल्न पाएनन्। उनी लर्ड्समा भएको टी-२० इन्टरनेशनल खेलमा पनि नेपाली टोलीमा थिएनन्। पहिलो खेलमा मिडल अर्डर फ्लप भएपछि टिममा उनको अभाव खड्किएको हुन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell