PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रस्तावित प्रधान न्यायाधीश जोशीमाथि आज पनि संसदीय विशेष समिति अनिर्णित, १८ गते फेरि बैठक बस्ने



बीपी साह

प्रस्तावित प्रधान न्यायाधीश जोशीमाथि आज पनि संसदीय विशेष समिति अनिर्णित, १८ गते फेरि बैठक बस्ने

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिको बैठक आज पनि अनिर्णित नै रह्यो। प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीको विषयमा निर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बसेको आजको बैठकले साउन १८ गते बिहान १० बजे पुन: बैठक बस्ने निर्णय गरेको जानकारी सांसद राजेन्द्र श्रेष्ठले दिए। उनका अनुसार शीर्ष तहमा नेताबीच छलफलबाट टुंगोमा पुग्ने भन्दै बैठक सारिएको हो। 

आज बसेको समितिको बैठकले सदस्यहरुको सुरक्षाको माग गरेको छ।

जोशीलाई अनुमोदन गर्ने वा अस्वीकृत गर्ने निर्णय गर्न संसदीय सुनुवाई विशेष समिति आज पनि असफल रह्यो। ‘जे निर्णय गर्ने हो सहमतिमै गरौं भनेर हामीले मध्यमार्ग लिएका हौं,’ उनले भने, ‘त्यसैले १८ गते बिहान १० बजेका लागि बैठक तय गरिएको छ।’ 

सत्तारुढ दल नेकपा जोशीलाई न्यायाधीश बनाउने पक्षमा देखिएको छैन भने प्रतिपक्षी दल नेपाली काग्रेस जोशीको पक्षमा खुलेको छ। आज बसेको बैठकले पनि सहमतिमै निर्णयका लागि पहल गरेको थियो। तर, संसदीय समितिका सदस्यहरु शीर्ष तहबाटै सहमतिको अपेक्षा गरिरहेका छन्।

संसदीय समितिमा बैठक जारी रहँदा सिंहदरबारभित्र सत्तारुढ र प्रतिपक्षी दुवै दलका नेताहरुको वेग्लावेग्लै छलफल भइरहेको देखिन्थ्यो। 
यसै विषयलाई लिएर उप समिति बनाउने कुरा उठे पनि त्यसमा कुनै प्रगति भएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell